बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा शुक्रबार बहस सकिएको छ ।
बिहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बहस सकिएको र शुक्रबारै आदेश आउने बताए। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूविरुद्धको मुद्दा उच्च अदालतमा छ ।
यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई एक करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सोही मुद्दामा अर्का न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
रवि भने आफूसँग एक करोड धरौटी लिने जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत गुहार्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २२ चैत्र २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदन न्यायाधीशद्वय पोखरेल र ढकालको इजलासमा
रवि लामिछानेको मुद्दामा सुनुवाइ सकियो
रविलाई थुनामा पठाउने आदेशविरुद्ध सर्वोच्चमा रिट