बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र पूर्वडीआइजी छविलाल जोशीको मुद्दामा उच्च अदालत तुलसीपुरको बुटवल इजलासमा शुक्रबार बहस सकिएको छ ।
बिहीबार दुवै पक्षको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखिएको थियो । उच्च अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले बहस सकिएको र शुक्रबारै आदेश आउने बताए। बुटवलस्थित सुप्रिम सहकारी ठगी र संगठित अपराधसम्बन्धी कसुरमा उनीहरूविरुद्धको मुद्दा उच्च अदालतमा छ ।
यसअघि रूपन्देही जिल्ला अदालतले यो मुद्दामा रविलाई एक करोड धरौटीमा छाडेको थियो भने छविलाललाई पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
सुप्रिम सहकारी ठगी प्रकरणमा गत माघ १३ गते रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रहृलादकुमार योगीको इजलासले तत्कालीन प्रबन्ध निर्देशक लामिछानेलाई एक करोड धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।
सोही मुद्दामा अर्का न्यायाधीश वशिष्ठकुमार घिमिरेको इजलासले गोर्खा मिडियाका सञ्चालकसमेत रहेका पूर्वडीआइजी जोशीलाई भने पुर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको थियो ।
थुनाको आदेशविरुद्ध जोशीका छोरा रोचक जोशीले उच्च अदालतमा निवेदन दर्ता गराएका थिए । उक्त निवेदनमा पनि प्रारम्भिक सुनुवाइ गर्दै माघ ३० मा उच्च अदालतले कैफियत प्रतिवेदन झिकाउन आदेश गरेको थियो ।
रवि भने आफूसँग एक करोड धरौटी लिने जिल्लाको आदेश बदरको माग गर्दै उच्च अदालत गुहार्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २१ चैत्र २०८१, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रवि लामिछानेको रिटमा आज सुनुवाइ नहुने
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण निवेदनमा सुनुवाइ सुरु
रवि लामिछानेको बन्दी प्रत्यक्षीकरण रिट हेर्न नमिल्ने इजलासमा