एजेन्सी । बुधबार बिहान पाकिस्तान र अफगानिस्तानमा भूकम्पको धक्का महसुस गरिएको छ । यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्र (एनसीएस)ले दिएको हो ।
सामाजिक सञ्जाल प्लेटफर्म एक्समा राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले पाकिस्तानमा आएको भूकम्पको तीव्रता ४ दशमलव ३ रहेको बताएको छ । सोही समयमा, अफगानिस्तानमा भूकम्पको तीव्रता ४ दशमलव ७ थियो ।
पाकिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १२० किलोमिटर तल गएको बताइएको छ । अफगानिस्तानमा भूकम्पको केन्द्रबिन्दु जमिनभन्दा १९३ किलोमिटर तल थियो । भूकम्पबाट के कति क्षति भयो जानकारी आएको छैन ।
गत शुक्रबार थाइल्याण्ड र म्यानमारमा भूकम्पको धक्का महसुस गरिएको थियो। भूकम्पले दुवै देशमा विनाश निम्त्यायो । भूकम्प प्रभावित थाइल्याण्ड र म्यानमारमा उद्धार कार्य अझै जारी छ ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १९ चैत्र २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते