काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले पश्चगमन र यथास्थिति अहिलेको समाधान नभएको बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई सम्बोधन गर्दै विप्लवले पश्चगमन र यथास्थिति नभई नेपाली विशेषताको समाजवाद वर्तमान समस्याहरुको समाधान भएको बताएका हुन् ।
काठमाडौँमा आज दिउँसोदेखि सुरु भएको बैठकमा विप्लवले नेपालमा पश्चगमनका पक्षमा केही राजावादीहरु सल्बलाएको भन्दै यसबारे विशेष निर्णय लिन पार्टी पोलिटब्युरोको अकस्मिक बैठक बोलाएको बताए ।
बैठकमा राजावादीहरुको आन्दोलनबारे छलफल गर्ने, निर्वाचन आयोगमा पार्टी दर्ताको विषयमा छलफल गर्ने, ध्रुबीकरणबाट आएका नेताहरुको कार्यविभाजन गर्ने, सामनाले संचालन गर्ने सांस्कृतिक अभियानबारे छलफल हुने, देशभर आमसभा र गोष्ठी गर्ने स्थान र मिति तय गरिने र संघर्षका कार्यक्रमहरुबारे निर्णय गर्ने पार्टीको भनाइ छ । बैठक भोलिसम्म चल्ने छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १७ चैत्र २०८१, १६ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह
प्रचण्डलाई चुनावमा घेराबन्दी गर्ने विप्लव-जनार्दनको योजना
‘विप्लव’ र मिराज ढुंगानाबीच ४ बुँदे सहमति पत्रमा हस्ताक्षर
१० दिनभित्र सर्वपक्षीय सरकार गठन नभए सडक संघर्षमा जाने ‘विप्लव’को चेतावनी
विप्लव नेतृत्वको दलले पायो प्रमाणपत्र, चुनाव चिह्न गुलाब