काठमाडौँ । सत्तारूढ नेपाली काँग्रेसका सांसद विश्वप्रकाश शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वदलीय बैठक बोलाउन ढिलाइ गरेको बताएका छन्।
प्रधानमन्त्री ओलीले आइतबार बेलुकी ७ बजेका लागि सर्वदलीय बैठक बोलाएका छन्। काँग्रेसका महामन्त्रीसमेत रहेका शर्माले ढिलो सर्वदलीय बैठक बोलाएकोमा प्रधानमन्त्रीले आत्मआलोचना गर्नुपर्ने पनि बताए।
संघीय संसद भवन परिसरमा आइतबार पत्रकारहरूसँग कुराकानी गर्दै महामन्त्री शर्माले प्रधानमन्त्री र गृहमन्त्रीको आलोचना गरेका हुन्। ‘गृहमन्त्री रमेश लेखकले पनि समय मागेर प्रतिनिधि सभा बैठकमा चैत १५ गते तीनकुनेमा भएको घटनाबारे जानकारी गराउनुपर्थ्यो,’ महामन्त्री शर्माले भने, ‘प्रमुख प्रतिपक्षीलगायत विपक्षी दलहरूले पनि तीनकुने घटनाबारे सरकारको जबाफ माग्नुपर्थ्यो, यहाँ प्रतिपक्ष चुकेको छ।’
आइतबारको प्रतिनिधि सभा बैठकमा सत्ता र प्रतिपक्षी दलका सांसदहरूले बोल्न पाउनुपर्ने माग राख्दै होहल्ला गरेपछि सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए।
तीनकुनेमा चैत १५ गते दुर्गा प्रसाईँको आह्वानमा भएको प्रदर्शनपछि तोडफोड, आगजनी र लुटपाट भएको थियो। तीनकुने क्षेत्रमा दुई जनाको मृत्युसमेत भएको थियो।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १६ चैत्र २०८१, १५ : १०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा
फागुन २१ को चुनाव यी २ कारणले सर्न सक्छ : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशनको माग बेवास्ता गरिए राजीनामा दिन्छु : विश्वप्रकाश शर्मा
विशेष महाधिवेशन आयोजना गर्ने कि नगर्ने अहिलेको मूल प्रश्न हो : विश्वप्रकाश शर्मा
विश्वप्रकाश शर्माद्वारा चुनावअघि महाधिवेशन गर्न सकिने चार विकल्प प्रस्ताव
‘फरक मत आउनु स्वाभाविक, कसैले धूप हाल्दैमा काँग्रेस फुट्दैन’ : विश्वप्रकाश शर्मा