एजेन्सी । शनिबार बिहान अफगानिस्तानमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको छ। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो।
अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ रहेको केन्द्रले सामाजिक सञ्जालमा भनेको छ ।
दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटर मुनि थियो भने पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो।
पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ । बिहीबार पनि अफगानिस्तान केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो
सो भूकम्पको तीव्रता ५.२ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो । यसको झट्का भारतको कश्मीरसम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ चैत्र २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जापानमा भूकम्प : कम्तीमा ३० जना घाइते, एक हप्तासम्म ‘हाई-अलर्ट’मा रहन चेतावनी
जापानमा ७.६ म्याग्निच्युडको भूकम्प
दार्चुलामा भूकम्पको धक्का
क्यानडामा ७ म्याग्निच्युडको शक्तिशाली भूकम्प
बझाङ केन्द्रबिन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प
इन्डोनेसियामा ६.६ म्याग्निच्युडको भूकम्प