एजेन्सी । शनिबार बिहान अफगानिस्तानमा लगातार दुई भूकम्पको धक्का महसुस गरिएको छ। यो जानकारी राष्ट्रिय भूकम्प विज्ञान केन्द्रले दिएको हो।
अफगानिस्तानमा पहिलो भूकम्प ४.३ म्याग्निच्युडको थियो। त्यसपछि आएको भूकम्पको तीव्रता ४.७ रहेको केन्द्रले सामाजिक सञ्जालमा भनेको छ ।
दोस्रो भूकम्पको केन्द्रबिन्दु जमिनबाट १८० किलोमिटर मुनि थियो भने पहिलो भूकम्पको केन्द्रबिन्दु जमिनबाट २२१ किलोमिटर तल थियो।
पछिल्ला केही दिनहरूमा हिन्दु कुश क्षेत्रमा लगातार भूकम्प गइरहेको छ । बिहीबार पनि अफगानिस्तान केन्द्रबिन्दु भएर अर्को भूकम्प गएको थियो
सो भूकम्पको तीव्रता ५.२ रेक्टर स्केलको थियो । भूकम्पको केन्द्र अफगानिस्तानको हिन्दु कुश क्षेत्रमा रहेको थियो । यसको झट्का भारतको कश्मीरसम्म महसुस गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, १५ चैत्र २०८१, ०९ : ०७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भेनेजुएला भूकम्प: आमा-दिदी गुमाएका बालकको चार दिनपछि जीवितै उद्धार
भेनेजुएलामा भूकम्प : ९०० भन्दा बढीको मृत्यु, भग्नावशेषबाट तीन दिदीबहिनीको जीवितै उद्धार
भेनेजुएला भूकम्प अपडेट : मृत्यु हुनेको संख्या १८८ पुग्यो, १,५०० भन्दा बढी घाइते
जुम्लामा भूकम्पको धक्का
भेनेजुएलामा शक्तिशाली भूकम्प, ठूलो मानवीय क्षति भएको आशंका
फिलिपिन्समा भूकम्प : ३५ जनाको मृत्यु, २०० बढी घाइते