काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालले मुलुक पछाडि फर्किन नसक्ने बताएका छन् । समाजवादी मोर्चाले काठमाडौंमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै उनले जनतालाई लुट्न र चुस्न कसैले प्रयत्न गर्छ भने त्यसलाई सफल हुन नदिने बताए ।
नेता नेपालले २०७७ सालमा प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेपछि गरेको सभालाई सम्झिँदै भने, ‘यो विशालसभालाई सम्बोधन गर्दा मलाई २०७७ साल पुस महिनाको याद भइरहेको छ । हामीले पुस २७ गते यही ठाउँमा कार्यक्रम गरेका थियौं र हामीले भनेका थियौं– हामी ज्युँदैछौं । हामी अझै यहाँ छौं । आत्तिनुपर्ने आवश्यकता छैन ।’
उनले आज आफूहरुले गरेको कार्यक्रम नेपालको राजनीतिमा एउटा कास्टिङमात्रै भएको बताए । अध्यक्ष नेपालले थपे, ‘प्रतिगामी शक्तिहरु होसियार, अब यो मुलुक पछाडि फर्किन सक्दैन । अहिले जनता सचेत भएका छन्, सार्वभौमसत्ता भएका छन् । अब जनता कसैको दासता स्वीकार गर्ने पक्षमा छैनन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १४ चैत्र २०८१, १५ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह
माधव नेपालको लज्जास्पद हार
माधव नेपालसहितको भ्रष्टाचार मुद्दामा साक्षी बुझ्ने आदेश