सोल । दक्षिण कोरियाको दक्षिणी क्षेत्रमा सुख्खा मौसम र हुरीका जङ्गलमा आगलागी फैलिँदा कम्तीमा २४ जनाको मृत्यु भएको छ । अहिलेसम्म यस घटनामा अरू १९ जना घाइते भएका छन् । अहिलेसम्म २७ हजार मानिसहरूलाई आगलागीबाट उद्धार गरिएको सरकारी अधिकारीहरूले बुधवार भनेका छन् ।
सुख्खा हावाका कारण अग्नि नियन्त्रकहरू धेरै क्षेत्रमा लागेको डढेलो निभाउने प्रयासरत थिए । यस क्रममा अन्डोङ शहर र अन्य दक्षिणपूर्वी सहरका अधिकारीहरूले मंगलबार मानिसहरूलाई घर छोड्न आदेश दिएका थिए । आगलागीले ४३ हजार एकडभन्दा बढीको क्षेत्र जलेर खरानी भएको छ । उइसोङमा रहेको १ हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर गौन्सा पनि आगलागीबाट नष्ट भएको छ ।
तर, यस क्रममा कोही मान्छे घाइते भएकोबारे तत्काल कुनै जानकारी आएको छैन । काठका भवनहरूमा आगो पुग्नु अघि नै ढुङ्गाको बुद्धको मूर्ति सहित मन्दिरका केही राष्ट्रिय सम्पदाहरू खाली गराइएको थियो ।
५५०० भन्दा बढी मानिसहरूले छोड्नु पर्यो आफ्नो घर दक्षिण कोरियाको आन्तरिक तथा सुरक्षा मन्त्रालयका अनुसार एन्डोङ, उइसोङ, सान्चेओङ र उल्सान सहरहरूमा ५ हजार ५०० भन्दा बढी मानिसहरूलाई आफ्नो घर खाली गर्न लगाइएको छ ।
अग्निनियन्त्रकहरूले सबैभन्दा ठुला आगो निभाइसकेको तर सुख्खा मौसमले उनीहरूको प्रयासमा बाधा पुर्याएर आगो फेरि भड्किएको दक्षिण कोरियाली अधिकारीहरूले बताएका थिए ।
आगो निभाउन लगभग ९ हजार अग्निनियन्त्रक, १३० भन्दा बढी हेलिकप्टर र सयौँ सवारी साधन परिचालन गरिएको थियो । तर रातभरि हुरीका कारण आगो निभाउने प्रयासहरूलाई आंशिक रूपमा बाधा पुग्यो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १३ चैत्र २०८१, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
दक्षिण कोरियाले बन्द गर्यो प्रोपोगाण्डा स्पिकर
दक्षिण कोरियाको राष्ट्रपतिमा विपक्षी दलका उमेदवार ली जे म्युङ विजयी
दक्षिण कोरियामा एक व्यक्तिद्वारा तीन प्रहरी अधिकारीमाथि छुरा प्रहार
युक्रेनी लडाईंमा ४७०० उत्तर कोरियाली सेना मारिए : दक्षिण कोरिया
दक्षिण कोरियामा जुन ३ मा राष्ट्रपति निर्वाचन हुने
दक्षिण कोरियाका प्रधानमन्त्री हानको महाअभियोग खारेज