एजेन्सी । गाजामा हमासले सत्ता छाड्नुपर्ने माग गर्दै विरोध प्रदर्शन भएको छ।
बीबीसीका अनुसार मंगलबार गाजामा हमासविरुद्ध उत्तरी गाजाको बेइत लाहियाको सडकमा सयौँ मानिसले प्रदर्शन गरेका हुन्।
इजरायल र हमासबीच युद्ध सुरु भएयता गाजामा भएको यति ठूलो मात्रामा विरोध प्रदर्शन भएको यो पहिलोपटक भएको बताइएको छ।
प्रदर्शनकारीहरूले हमासले अब सत्ता त्याग्नुपर्ने माग गरेका छन्।यसैबीच नकाबधारी हमासका लडाकुहरूले बल प्रयोग गरेर प्रदर्शनकारीहरूलाई तितरबितर पार्ने प्रयास गरे।
केही लडाकुको हातमा हतियार पनि थिए। उनीहरूले प्रदर्शनकारीलाई कुटपिट पनि गरे।यसैबीच हमासका आलोचक मानिने सामाजिक कार्यकर्ताहरूले सामाजिक सञ्जालमा केही भिडिओ भाइरल बनाएका छन्।
जसमा युवाहरूहरूले ‘बाहिर...बाहिर...बाहिर...हमास बाहिर...’ भन्ने नारा लगाइरहेका छन्। हमास समर्थकहरूले भने प्रदर्शनलाई सामान्य भनेका छन्। उनीहरूले प्रदर्शनमा भाग लिनेहरू 'देशद्रोही' भएको आरोप लगाएका छन्।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
बुधबार, १३ चैत्र २०८१, ०९ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासद्वारा अमेरिकाको युद्धविरामसम्बन्धी नयाँ प्रस्ताव अस्वीकार
युद्ध समाप्त गर्ने सर्तमा मात्र युद्धविराम गर्ने हमासको प्रतिक्रिया
नयाँ युद्धविराम प्रस्तावमा हमास सहमत
इजरायली आक्रमणपछि हमासले गर्यो जवाफी कारबाही
हमास युद्ध विरामका लागि दोहामा वार्ता हुँदै
इजरायल-हमासबीच दोस्रो चरणको युद्धविराम सम्झौताको तयारी, मध्यस्थता वार्तामा अमेरिका पनि सहभागी हुने