झापा । झापामा एक महिलाको सार्वजनिक बसमा यात्रा गर्दागर्दै मृत्यु भएको छ।
दमकबाट बिर्तामोडतर्फ जाँदै गरेको बसको सिटमा बसेकै अवस्थामा मोरङको गछिया बस्ने ४३ वर्षीया कुमारी सेलिङ चेम्जोङको मृत्यु भएको प्रहरीले जनाएको छ।
पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको मे १ ख २५४५ नम्बरको नागरिक यातायातको बसमा सवार चेम्जोङको मृत्यु भएको हो।
पूर्वपश्चिम राजमार्गअन्तर्गत शुक्रबार साँझ ५:५० बजेतिर झिलझिले पुगेपछि बसमा सवार अन्य यात्रुले सिटमै महिला ढलेको देखेपछि प्रहरीलाई खबर गरेका थिए।
एक्कासि बेहोश भएकी उनलाई त्यसपछि लालिगुँरास हेल्थ क्यैरमा उपचार गरिएको थियो। त्यहाँ सम्भव नभएपछि उनलाई बिर्तामोडको बीएन्डसी अस्पताल लगिएको प्रहरीले जनाएको छ।
उनलाई गएराति नै डाक्टरले मृत घोषित गरेका जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। उनी प्रेसर, सुगर लगायत दिर्घरोगबाट पीडित रहेकी परिवारका सदस्यले बताएका छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, ०८ चैत्र २०८१, ०९ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
भीरबाट लडेर एक वृद्धाको मृत्यु
सिकार खेल्ने क्रममा मकवानपुरमा एकको मृत्यु
माथिबाट खसेको ढुंगाले लागेर स्काभेटर सहचालकको मृत्यु
गोवाको नाइट क्लबमा सिलिन्डर विस्फोट : २३ जनाको मृत्यु
नदीमा ट्रक खस्दा चालकको मृत्यु
चितवनमा होटलको छतबाट खसेर किशोरीको मृत्यु