काठमाडौं । संघीय संसद अन्तर्गत रहेका विभिन्न दुई समितिको बैठक बस्दैछ ।
आज कानून, न्याय तथा मानवअधिकार समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो ।
कानून, न्याय तथा मानवअधिकार समितिको बैठक बिहान ८ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग सम्बन्धित दफा ९ र ७२ माथि छलफल गर्ने कार्यसूची रहेको छ ।
यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान पौने ११ बजे बस्नेछ । बैठकमा शहरी विकास मन्त्रालयसँग छलफल गर्ने तयारी छ । छलफलका लागि उपप्रधानमन्त्री तथा सहरी विकास मन्त्रीलाई बोलाइएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०६ चैत्र २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अन्तर्राष्ट्रिय सम्बन्धसहित पाँचवटा समितिको बैठक बस्दै
अर्थसहित पाँचवटा समितिको बैठक बस्दै
दुईवटा समितिको बैठक बस्ने बस्दै
महिला तथा सामाजिक मामिला समितिको बैठक बस्दै
कानूनसहित पाँचवटा समितिको बैठक बस्दै
शिक्षासहित चारवटा समितिको बैठक बस्दै