विराटनगर । मोरङको धनपालथान गाउँपालिकाको कदमामा रहेको मुस्लिम बस्तीमा मंगलबार आगलागी हुँदा दुई जना बच्चाको जलेर मृत्यु भएको छ । मृत्यु हुने बच्चाको सनाखत भइसकेको छैन । जिल्ला प्रहरी कार्यालय मोरङका एसपी नारायण चिमोरीयाका अनुसार आगलागीबाट ६÷७ घर जलेका छन् ।
यसैगरी अहिलेसम्म आगो नियन्त्रण हुन नसकेको उनले बताए ।आगलागी नियन्त्रणका लागि स्थानीयबासी, दमकल र प्रहरी खटिएको मोरङ प्रहरीले जनाएको छ ।
साना छाप्रा घर र परालको माचसमेत घरकै उेउमा रहेकाले आगोले उग्ररुप लिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०४ चैत्र २०८१, १३ : ४५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
आगलागीमा एक जनाको मृत्यु
जनकपुर रिफाइनरीमा आगलागी, पन्ध्र करोड बराबरको क्षति
एक वर्षमा सात हजार ६४८ विपद्का घटनाः सबैभन्दा बढी आगलागी
चैनपुरमा आगलागी, पन्ध्र लाखको क्षति
देशभर विपद्का २४ घटना, सबैभन्दा बढी आगलागी
असावधानीका कारण आगलागीका घटनामा वृद्धि