काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाइको छ । अध्यक्ष थापाले मंगलबार दिउँसो १ः३० बजे पार्टी केन्द्रीय कार्यालय सिफलमा बैठक बोलाएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।
उनका अनुसार बैठकमा सोमबार घोषणा भएको ‘राजतन्त्र पुनर्स्थापनाका लागि संयुक्त जनआन्दोलन समिति’ बारे छलफल हुनेछ । उक्त समितिको निर्देशक समितिमा कमल थापालाई पनि राखिएको छ । तर, सो समितिमा आफू रहेको बारे जानकारी नभएको थापाले बताएका छन् । सो समितिलाई स्वीकार गर्ने या नगर्ने भन्नेबारे आजको बैठकले टुंगो लगाउने बर्तौलाले बताए ।
यसबाहेक बैठकमा आन्दोलनको स्वरुप र भावी रणनीति निर्माणको विषयमा पनि छलफल हुनेछ । आजै अर्को राजावादी पार्टी राप्रपाको पनि कार्यसम्पादन समिति बैठक छ । सो पार्टीका अध्यक्ष लिङ्देनले पनि आफूसँग छलफल बिनै आन्दोलन समिति बनाइएको भनेर असन्तुष्टि पोखेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०५ चैत्र २०८१, ०७ : ५५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजसंस्था र हिन्दुराष्ट्रलाई बिदेशीको इसारामा एम्बुसमा पारियो : कमल थापा
विपिनका बुवाआमालाई संयुक्त राष्ट्रसङ्घ लैजानु प्रत्युत्पादक हुन सक्छ : कमल थापा
बहुविवाहलाई प्रोत्साहित गर्ने गरी कानुन बनाउनु अनुचित : कमल थापा
मुलुक भ्रष्टाचारको आहालमा डुब्यो, अब राजसंस्था चाहिन्छ : कमल थापा
पत्रकार पाठकलाई पक्राउ पुर्जीप्रति कमल थापाको आपत्ति
'न्यायको नौसिङ हुन्छ भन्थे, हो रहेछ' : कमल थापा