काठमाडौँ। प्रतिनिधि सभा अन्तर्गतको सार्वजनिक लेखा समितिको बैठक आह्वान भएको छ । एक महिनापछि लेखा समितिको बैठक आह्वान भएको हो ।
लेखा समितिले ‘बेरुजु छलफल गर्न गठित उपसमितिको प्रारम्भिक प्रतिवेदनउपर अध्ययन सम्बन्धमा’ यही चैत ६ गते बिहान साढे १० बजेका लागि बैठक राखेको छ ।
यसअघि लेखा समितिको बैठक गत फागुन ६ गते बसेको थियो । संसद्को लेखा समितिको बैठकको प्रभावकारिताका सम्बन्धमा सरोकारवालाहरूले प्रश्न उठाइरहेका बेला बैठक आह्वान भएको हो ।
यसअघि पनि लेखा समितिको बैठक वर्तमान सरकार बनेपछि सरदरमा एक महिनामा एक पटक बैठक बस्दै आएको छ ।लेखा समितिको अभिलेख अनुसार पछिल्लो ९ महिनामा लेखा समिति बैठक ९ पटक बसेको छ । असारमा एउटा पनि बैठक बसेन । साउनमा चार वटा बैठक बस्यो ।
भदौ महिनामा एक पटक बैठक बस्यो । असोज, कात्तिक, मंसिर महिनामा लेखा समितिको बैठक एक पटक पनि बसेन ।पुसमा एउटा बैठक र माघमा दुइटा बैठक बसेको छ । फागुनमा एउटा बैठक बसेको थियो । चैत ६ गतेका लागि अर्को बैठक राखिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०८१, १५ : ०९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रतिनिधि सभा विघटनविरुद्धका रिटमा आजदेखि सुनुवाइ
प्रतिनिधि सभा पुनर्स्थापनाका लागि एमाले अदालत जाने
संसद् सचिवालयद्वारा प्रतिनिधि सभाको छैटौँ अधिवेशनका कामकारवाहीको विवरण सार्वजनिक
बहुविवाहलाई कानुनी मान्यता दिन खोजिएको हो ? भन्दै कानुन मन्त्रीलाई एमाले सचेतकको प्रश्न
प्रतिनिधि सभामा प्रधानमन्त्रीसँग प्रश्नोत्तर (पुर्णपाठ)
विगतका घटनाबाट पाठ सिकेर विपद् प्रतिकार्यमा जुट्न सरकारलाई प्रचण्डको आग्रह