काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सुमना श्रेष्ठले लोक सेवा आयोगका प्रमुखको अभिव्यक्ति ख्याल गर्न सरकारलाई आग्रह गरेकी छन् ।
सोमबार प्रतिनिधि सभाको बैठकमा ‘सुशासन प्रवर्द्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक’ माथिको छलफलमा उनले लोक सेवा आयोगका प्रमुखलाई सम्झिएकी हुन् ।
‘सुशासन सम्बन्धी विधेयकमा छलफल गर्दै गर्दा हालका प्रमुख आयुक्त (लोक सेवा आयोगका प्रमुख आयुक्त माधव रेग्मी) ले समितिको बैठकमा ‘मैले सय जना कर्मचारीलाई केही गर्न सकेको छैन संघ संगठनका कारणले भन्नुभएको छ,’ सांसद सुमनाले जानकारी गराइन् ।
लोक सेवा आयोगलाई काम गर्न सहज हुने र सुशासन कायम गर्न सहयोग पुग्ने गरी ऐन बन्नुपर्नेमा सांसद सुमनाको आग्रह छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०३ चैत्र २०८१, १३ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जाँचबुझ आयोगको म्याद थपपछि सुमनाले भनिन्- राज्यको दण्डहीनता कहिले अन्त्य हुन्छ ?
विध्वंसमा संलग्नहरुलाई पक्राउ गरेकोमा सुमनाको असन्तुष्टि
कुलमानको पार्टी घोषणा सभामा पुगिन् सुमना श्रेष्ठ
परिवर्तनकारी भनिएकाहरू पनि नेतृत्वमा गएर अड्किने रहेछन् : सुमना श्रेष्ठ
दलिय भ्राति संगठन खारेज गर, विद्यार्थीलाई विद्यार्थी नै हुन देऊ : सुमना श्रेष्ठ
भगवान कोइराला, सुमना श्रेष्ठ र सन्दुक रुइतले मन्त्री खान मानेनन्, महाबीर भने मन्त्री बन्ने