बुटवल। अर्घाखाँचीको छत्रदेव गाउँपालिका-३, अर्चलेनेतामा गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका छन् । बुधबार विद्युतीय गाडी दुर्घटना हुँदा ९ जना घाइते भएका हुन् । नेपाल राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलका अनुसार अर्घाखाँचीदेखि बुटवलतर्फ जन्ती लिएर आउँदै गरेको ईभी गाडी दुर्घटनामा परेको हो ।
प्रहरीका अनुसार लुम्बिनी प्रदेश ०१–००१ ज ०१४० नम्बरको हाइस छत्रदेव गाउँपालिका–३, अर्चलेनेताको कच्ची सडक खण्डमा बिहान करिब साढे ८ बजेतिर दुर्घटनामा परेको हो ।
दुर्घटनाका घाइतेहरूलाई उद्धार गरी थप उपचारका लागि बुटवल ल्याइएको प्रहरीले जनाएको छ । गाडीमा सवार १२ जना मध्ये ४ जनाको अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १४ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फोर्स गाडी दुर्घटना हुँदा चार जना घाइते
विद्युतीय गाडी दुर्घटना हुँदा दश जना घाइते, चार जनाको अवस्था गम्भीर
भीमफेदीमा ब्रेक फेल भई गाडी दुर्घटना हुँदा १४ जना घाइते
कोशी प्रदेशका ४ सांसद चढेको गाडी दुर्घटना