चितवन । भरतपुर महानगरपालिका–१ नारायणगढ बसपार्क नजिकै यात्रुबहाक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलवार राति ९ः५५ बजेको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो काट्दै गरेका अन्दाजी ३० वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका व्यक्तिलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा मंगलवार राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ । मृतकको पहिचान हालसम्म नखुलेको प्रहरीले बताएको छ ।
ठक्कर दिने बस र बस चालक तनहुँ भानु नगरपालिका–२ बस्ने वर्ष ४७ को पुन्ट बहादुर सारुलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पहिरोले डोजर पुर्दा चालकको मृत्यु
चट्याङ लागेर स्याङ्जामा एक जनाको मृत्यु
नवलपरासीमा सवारी साधनको ठक्करबाट पैदलयात्रीको मृत्यु
डडेलधुरामा भिरबाट लडेर एक महिलाको मृत्यु
सिरहामा पर्खाल भत्किँदा महिलाको मृत्यु
ट्रकको ठक्करबाट एकजनाको मृत्यु