चितवन । भरतपुर महानगरपालिका–१ नारायणगढ बसपार्क नजिकै यात्रुबहाक बसको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ । मंगलवार राति ९ः५५ बजेको समयमा तनहुँबाट दाङ जाँदै गरेको ग १ ख ९९७७ नम्बरको बसले बाटो काट्दै गरेका अन्दाजी ३० वर्षीय एक पुरुषलाई ठक्कर दिएको थियो ।
बसको ठक्करबाट घाइते भएका व्यक्तिलाई उपचारको लागि भरतपुर अस्पताल लगिएकोमा मंगलवार राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय चितवलने जानकारी दिएको छ । मृतकको पहिचान हालसम्म नखुलेको प्रहरीले बताएको छ ।
ठक्कर दिने बस र बस चालक तनहुँ भानु नगरपालिका–२ बस्ने वर्ष ४७ को पुन्ट बहादुर सारुलाई वडा प्रहरी कार्यालय नारायणगढले नियन्त्रणमा लिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २८ फागुन २०८१, १० : ५०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
खाडलको पानीमा पौडी खेल्दा दुई बालबालिकाको मृत्यु
जेन जेड प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ३४ पुग्यो
जेन जेडको प्रदर्शनमा घाइते भएका थप २ जनाको मृत्यु
हेटौँडामा चट्याङ लागेर एक जनाको मृत्यु
सिन्धुलीमा ट्रकको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखरीमा डुबेर पाँच वर्षीया बालिकाको मृत्यु