काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मानिस जागिर मात्रै खोज्ने गरेको बताएका छन् । पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक मानिसहरू जागिरको मुख ताकेर बस्ने गरेको बताएका हुन् ।
वर्षमा ४ साढे चार लाख मानिसहरू श्रम बजारमा आउने गरेको बताउँदै सरकारी क्षेत्रमा सीमित मात्रै जागिरका अवसर हुने गरेको बताए। ‘हरेक मानिस जागिरको मुख ताकेर बस्छन् । वर्षमा २ ः ४ जना रिटार्यड हुन्छन् । अनि त्यति धेरैलाई कसरी जागिर दिन सकिन्छ’ उनले भने ।
जागिरको पछि नलागी उद्मशीलतामा जोड दिन अनुरोध गरे। अहिलेको आवश्यकता भनेको उद्यमशीलता भएको बताउँदै उनले त्यसका लागि निजी क्षेत्र प्रमुख भएको बताए ।
सरकारले आफ्नो तर्फबाट काम गर्ने बचाउँदै उनले व्यापक रोजगारीका अवसर निजी क्षेत्रबाट मात्रै हुनेमा जोड दिए। निर्माण व्यवसायीहरूले २० लाख श्रमिक आवश्यकता रहेको बताइरहेका छन्। तर, श्रमिकहरू श्रम नपाएको भनेर बाहिरिने क्रम नरोकिएको समेत बताए । ‘त्यसको कारण काम गरेर जीविका चल्दैन। काम गरेर जीविका चल्ने पैसा पाइँदैन भनी कसरी काम गर्ने। उसको परिवार पालेर पनि बचतको अवस्थामा पुग्नुपर्छ । तर, यता त्यस्तो हुँदैन,’ ओलीले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीद्वारा एनपिएल विजेता लुम्बिनी लायन्सलाई बधाई
प्रधानमन्त्री र जेनजीबीच १० बुँदे सम्झौता, जेनजीको तर्फबाट भोजविक्रम थापाले गरे हस्ताक्षर
मानव अधिकारको सबैभन्दा ठूलो चुनौती भ्रष्टाचार हो : प्रधानमन्त्री कार्की
सार्कलाई थप गतिशील बनाउने नयाँ सङ्कल्प आवश्यक : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री र जापानका राजदूतबीच सिंहदरवारमा भेटवार्ता
समावेशी विकास तथा शासन व्यवस्थाको रूपान्तरणलाई अघि बढाउने प्रधानमन्त्रीको प्रतिबद्धता