काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सबै मानिस जागिर मात्रै खोज्ने गरेको बताएका छन् । पाँचौँ राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले हरेक मानिसहरू जागिरको मुख ताकेर बस्ने गरेको बताएका हुन् ।
वर्षमा ४ साढे चार लाख मानिसहरू श्रम बजारमा आउने गरेको बताउँदै सरकारी क्षेत्रमा सीमित मात्रै जागिरका अवसर हुने गरेको बताए। ‘हरेक मानिस जागिरको मुख ताकेर बस्छन् । वर्षमा २ ः ४ जना रिटार्यड हुन्छन् । अनि त्यति धेरैलाई कसरी जागिर दिन सकिन्छ’ उनले भने ।
जागिरको पछि नलागी उद्मशीलतामा जोड दिन अनुरोध गरे। अहिलेको आवश्यकता भनेको उद्यमशीलता भएको बताउँदै उनले त्यसका लागि निजी क्षेत्र प्रमुख भएको बताए ।
सरकारले आफ्नो तर्फबाट काम गर्ने बचाउँदै उनले व्यापक रोजगारीका अवसर निजी क्षेत्रबाट मात्रै हुनेमा जोड दिए। निर्माण व्यवसायीहरूले २० लाख श्रमिक आवश्यकता रहेको बताइरहेका छन्। तर, श्रमिकहरू श्रम नपाएको भनेर बाहिरिने क्रम नरोकिएको समेत बताए । ‘त्यसको कारण काम गरेर जीविका चल्दैन। काम गरेर जीविका चल्ने पैसा पाइँदैन भनी कसरी काम गर्ने। उसको परिवार पालेर पनि बचतको अवस्थामा पुग्नुपर्छ । तर, यता त्यस्तो हुँदैन,’ ओलीले भने।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २६ फागुन २०८१, १२ : ४०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीले बजेटमाथिको जवाफ नदिने, प्रधानमन्त्रीको तर्फबाट अर्थमन्त्री वाग्लेले जवाफ दिने
हप्ताभरि काम गरेर म बिदाको दिन जिस्किन्छु: प्रधानमन्त्री शाह
प्रधानमन्त्री बालेनको ‘इनर सर्कल’ : दुई मन्त्री नजिक, अरू सबै टाढा !
प्रधानमन्त्री शाहले बोलाए मन्त्रिपरिषद् बैठक
सर्वोच्चलाई प्रधानमन्त्रीको जवाफ : अख्तियारले गर्न नसकेका कामका लागि सम्पत्ति छानबिन आयोग
प्रधानमन्त्रीको अभिव्यक्तिमा परराष्ट्रमन्त्रीमार्फत जवाफ दिने प्रस्तावप्रति श्रम संस्कृति पार्टीको असहमति