काठमाडौं । गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने भ्रममा पूर्वराजा ज्ञानेन्द्र शाह हौसिन आवश्यक नरहेको बताएका छन् ।आइतबार बिहान सुर्खेतमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै गृहमन्त्री लेखकले पछिल्लो समय गणतन्त्रको विकल्प राजतन्त्र हो भनेर केही मानिसहरुले भ्रम फैलाइरहेको बताए । र त्यस्तो भ्रममा राजा हौसिन आवश्यक नरहेको उनको भनाइ थियो ।
उनले भने, ‘केही मानिसहरुले यो गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भनेर जुन भ्रम फैलाइराखेका छन्, त्यो भ्रमले राजा हौसिन आवश्यक छैन ।’ उनले आन्दोलन र क्रान्तिबाट फालिएका राजसंस्थाका राजाहरु उसै देशमा स्वतन्त्रतापूर्वक अधिकार उपभोग गरी बसेको इतिहास कमै भएको भन्दै नेपाली जनताले दिएको त्यो स्वतन्त्रता नबिर्सिन आग्रह गरे ।
यसलाई कमजोरीका रुपमा नलिन पूर्वराजा शाहलाई गृहमन्त्री लेखकले चेतावनीसमेत दिए । उनले भने, ‘हाम्रो लोकतन्त्र यति संयमित, यति उदार, यति परिस्कृत छ कि जनताले फालिसकेको राजतन्त्रका राजा पनि सबै स्वतन्त्रता र अधिकारलाई उपभोग गरेर बसिराखेका छन् । यसलाई लोकतन्त्रको कमजोरीका रुपमा कसैले पनि नलियोस् ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २५ फागुन २०८१, ११ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मन्त्रालयमा सुधारको काम गरिरहेको छुः गृहमन्त्री लेखक
गृहमन्त्री लेखकले लिए विपद् पूर्वतयारीबारे बिफ्रिङ
राष्ट्रियसभामा गृहमन्त्रीको राजीनामा माग
राजीनामाको दवावमा रहेका गृहमन्त्रीलाई देउवाले धाप मारेपछि ...
कान्छारामलाई राजीनामाको दवाव दिने गृहमन्त्री आफैंले के गर्लान् ?
शान्तिसुरक्षामा कसैसँग सम्झौता नगर्न गृहमन्त्रीको निर्देशक