विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले महिलाको सशक्तीकरण र सामाजिक तथा राजनीतिक क्षेत्रमा स्थान नभएसम्म ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय आकांक्षा पूरा गर्न नसकिने बताएका छन् ।
आज अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले महिलाहरूको सशक्तीकरण र उनीहरूको राजनीतिक क्षेत्रमा पहुँच स्थापना हुनुपर्नेमा जोड दिएका थिए ।
उनले समाजमा रहेका सबै विभेद र कुरितिलाई हटाउँदै समुन्नत समाज निर्माण गर्नका लागि पर्नुपर्ने उल्लेख गरेका छन् । मुख्यमन्त्री कार्कीले शुभकामना सन्देशमा भनेका छन्, “कोशी प्रदेश सरकार स्थापना कालदेखि नै महिलाको सशक्तीकरण, उहाँहरूको समृद्धि र विकासका लागि प्रतिबद्ध छ र राज्यका हरेक निकायमा महिलाको अर्थपूर्ण सहभागिता र पहुँच वृद्धि हुनुपर्छ ।”
नेपाली जनताको ७० वर्षको त्याग र बलिदानीबाट बनेको संविधानसभा मार्फतबाट बनेको संविधानले महिला अधिकार स्थापित गर्नका लागि महत्त्वपूर्ण भूमिका खेलेको मुख्यमन्त्री कार्कीले स्मरण गरेका छन् । महिलाहरूको त्याग र उहाँहरूको समर्पणले आजको अवस्था आइपुगेको चर्चा गर्दै यो दिवसले सबैलाई अगाडि बढ्न प्रेरणा मिल्ने उनले विश्वास व्यक्त गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २४ फागुन २०८१, १३ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
कोशी प्रदेश योजना आयोगको उपाध्यक्षमा निरौला नियुक्त
विपत्ति निम्तिँदा कोशी प्रदेशका मुख्यमन्त्री काठमाडौंमा
कोशी प्रदेश सभाबाट प्रतिस्थापन विधेयक पारित
मन्त्रीले हप्काउँदै सदन र सांसदलाई धम्क्याए : आङ्बो
बजेट सच्याउन माओवादीको माग