काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले ‘झापा विद्रोह’का पाँच सहिदप्रति भावपूर्ण श्रद्धाञ्जली व्यक्त गरेका छन् ।
आज विज्ञप्ति जारी गर्दै उनले सहिदको सपनालाई पूरा गर्न एकताबद्ध हुन आग्रह समेत गरेका छन् । विज्ञप्तिमा भनिएको, “सहिदको लक्ष्य वैज्ञानिक समाजवाद र समाजवादी लोकतान्त्रिक शासन व्यवस्था प्राप्ति थियो । सहिदहरूको रगत कहिल्यै खेर जान सक्दैन । उनीहरूको सपनालाई लोकतन्त्रले पूरा गर्नुपर्छ । हामीहरू एउटा सुन्दर, लोकतान्त्रिक र समृद्ध समाजवादी व्यवस्था तथा समाजवादी लोकतन्त्र प्राप्त गर्न सक्छौँ । तब मात्र हाम्रा वीर अमर सहिदहरूको सपनालाई साकार बनाउन सकिन्छ ।”


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, १४ : १९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'अधिनायकवादी शैली नरोकिए पार्टी फुट्छ' : झलनाथ खनाल
देशलाई युक्रेन बनाउने प्रयास हुँदैछ, सबै कम्युनिस्ट एकताबद्ध बनौँ’: झलनाथ खनाल
तीन महिनाको उपचारपछि स्वदेश फर्किइन् झलनाथ पत्नी रविलक्ष्मी
प्रचण्डलाई भेट्न किन हात्तीवन पुगे झलनाथ खनाल ?
नेपाली कम्युनिस्ट पार्टीमा झलनाथ खनाललाई तेस्रो वरियता
पार्टी एकता सभामा सामेल भए झलनाथ खनाल