काठमाडौँ । पूर्व प्रधानमन्त्री तथा नेकपा (एकीकृत समाजवादी)का सम्मानित नेता झलनाथ खनालले सुखानी हत्याकाण्ड अत्यन्त पाशविक र दर्दनाक भएको बताएका छन् । झापा विद्रोहका क्रममा सुशानीमा ज्यान गुमाएका शहीदहरूप्रति उनले श्रद्धाञ्जली पनि अर्पण गरेका छन् ।
रामनाथ दाहाल, कमरेड नेत्र घिमिरे, कमरेड कृष्ण कुइँकेल, कमरेड वीरेन राजवंशी र कमरेड नारायण श्रेष्ठलाई राजतन्त्र र पञ्चायती जल्लादहरूले सुखानीको जंगल हुँदै इलामको सीमानामा लगेर अत्यन्त हिंस्रक ढङ्गले, बर्बरतापूर्वक र विवेकहिन ढङ्गले हत्या गरेको उनले स्मरण गरे ।
'आज कै दिन सुखानीको जंगलमा पञ्चायती जल्लादहरुले हाम्रा प्रिय नेताहरूको दर्दनाक ढङ्गले हत्याकाण्ड रचेको थियो । राजतन्त्रको ठाडो आदेशमा पञ्चायती जल्लादहरुले गरेको त्यो अत्यन्त पाशविक हत्या थियो । त्यो एउटा अमानवीय, एउटा क्रुर र एउटा विवेकहिन हत्या थियो ।
राजतन्त्र र पञ्चायती शासकहरूले ती वीर नेता र योद्धाहरूलाई जेलमा राख्ने मात्र पनि आँट गरेनन् । वहाँहरूको बाँच्न पाउने मानव अधिकारलाई पनि वास्ता गरेनन् । त्यति मात्र होइन राजतन्त्रले देशका अनेकौँ ठाउँमा अरू सयौँ र हजारौँ योद्धाहरूको हत्या गरे', खनालले विज्ञप्तिमा भनेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजतन्त्रलाई अन्त्य गरेर गणतन्त्र ल्याएपनि जनताको बन्न सकेन : झलनाथ खनाल
सर्वहारा श्रमिक वर्गको एउटै पार्टी नबनाएसम्म देशमा क्रान्ति सम्भव छैन : झलनाथ खनाल
नीति तथा कार्यक्रममा जनताको हितमा केही छैन: झलनाथ खनाल
श्रमिक वर्गले नै परिवर्तनको नेतृत्वदायी भूमिका खेल्न सक्छ : झलनाथ खनाल
मनमोहनलाई सम्झिँदै झलनाथले भने- छोटो समय प्रधानमन्त्री हुनुभयो तर अझै नेपालीले बिर्सिएका छैनन्
भारतले ४० रोपनी नेपालको भूमि कब्जा गर्यो : झलनाथ खनाल