काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको अभिव्यक्तिप्रति नेपाल शिक्षक महासङ्घले आपत्ति जनाएको छ। नेपाल मेडिकल कलेजको कार्यक्रममा प्रधानमन्त्री ओलीले शिक्षकहरूप्रति अमर्यादित टिप्पणी गरेका थिए। उनले सार्वजनिक रूपमा अभिव्यक्ति दिएको कहिदिनपछि मात्रै महासङ्घले आपत्ति जनाएको हो ।
सङ्घका अध्यक्ष लक्ष्मीकिशोर सुबेदीले एक विज्ञप्ति जारी गर्दै शिक्षक समुदायमाथि असहिष्णु र अशोभनीय अभिव्यक्ति दिएको बताए । 'नेपाल सरकारका सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीबाट हालसालै कुनै सार्वजनिक कार्यक्रममा मन्तव्य राख्दै गर्दा नेपाली शिक्षक समुदाय माथि गरिएको असहिष्णु र अशोभनीय अभिव्यक्तिप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ,' विज्ञप्तिमा भनिएको छ।
देशमा गुणस्तरीय शिक्षाको विकास र विद्यार्थीको भविष्यको लागि अहोरात्र खटिइरहेका शिक्षक माथि यस्तो अमर्यादित र हेपाहा अभिव्यक्ति राखिनु निन्दनीय भएको बताए । उनको अभिव्यक्ति कडा रूपमा विरोध गर्ने अध्यक्ष सुबेदीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। आगामी दिनमा नेपाली शिक्षक-कर्मचारीलाई लाञ्छित गर्ने खालका यस्ता अशोभनीय र असान्दर्भिक अभिव्यक्ति नराख्न समेत महासङ्घले चेतावनी दिएको छ।
शिक्षकहरूको किन तनखा बढाउने भन्दै प्रश्न गरेका थिए। ५२ प्रतिशत विद्यार्थी फेल गराउने शिक्षकको तनखा बढाउन नहुने उनको भनाइ थियो । ५२ प्रतिशत अभिभावक तथा युवाहरूको सपना एसईईमै सकिने बताउँदै यस्तो प्रणाली नै खारेज गर्नुपर्ने बताएका थिए। उनको अभिव्यक्तिको चौतर्फी विरोध भइरहेका बेला महासङ्घले भने आधिकारिक धारणा सार्वजनिक गरेको थिए।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २१ फागुन २०८१, ०८ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्री कार्कीले धापासी पुगेर गरिन् मतदान
निर्वाचनअघि प्रधानमन्त्री र राष्ट्रपतिबीच भेटवार्ता
लुम्बिनी प्रदेशमा प्रधानमन्त्रीले गरिन् निर्वाचन तयारीबारे छलफल
प्रधानमन्त्रीद्वारा गण्डकी प्रदेशमा निर्वाचन तयारीको स्थलगत अनुगमन
लोकतन्त्रलाई जीवनशैली बनाउन नेतृत्व तहबाटै चुक्यौँ : प्रधानमन्त्री कार्की
प्रधानमन्त्री कार्कीले गरिन ताप्लेजुङ पाथीभरामा पूजाअर्चना