सुर्खेत। नेकपा कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द 'विप्लव'ले नेपालका नेताहरूले अन्य देशसँग 'भिख' मागिरहेको बताएका छन्। विदेशीसँग सहयोगको नाममा भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि नहुने उनको भनाइ छ ।
'गफ चुट्ने नेताबाट रूपान्तरण सम्भव छैन,' आइतबार वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा उनले भने, 'विदेशीको भिख थापेर आदर्शवादी गफ दिँदैमा देश समृद्धि हुँदैन । अहिले देशको उत्पादनले २ महिना खान नपुग्ने नेपाल भइसक्यो । यसले विदेशीको एजेन्ट बनाउनतर्फ अग्रसर गराउँछ।'
'कृषि क्रान्तिलाई अगाडि बढाउन सकियो भने राम्रो परिणाम ल्याउन सकिन्छ भनेर हामी लागेका छाैं,' उनले भने, 'अहिले हाम्रो पार्टीमा चन्दा माग्नुपर्ने अवस्था छैन। डेढ वर्षमा नै राम्रो भएको छ।'
राजनीतिक गर्ने मान्छेले श्रम नगर्ने भन्ने प्रवृत्तिको अन्त्य गरिने पनि उनले बताए। १ महिनादेखि कर्णालीमा रहेका विप्लवले जुम्लामा ७ सय स्याउका बिरुवा रोप्नुका साथै कालिकोटमा भेडा फार्म उद्घाटन गरिएको जानकारी गराए ।
उनका अनुसार भेडा फार्ममा अहिले करिब १५० भेडाहरू रहेका छन्। भेडा पालन ९० वटाबाट सुरु गरिएको उनको भनाइ छ । उनले भने, 'जनताले पनि सहयोग गरेका छन्, धागो, कपडा उद्योगको विषयमा पनि कुरा भएको छ। हामी गर्छौँ।'
उत्पादन विना सुखभोग गर्ने कुरा राम्रो नभएकाले आफैबाट सुरुवात गरिएको उनको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १९ फागुन २०८१, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चुनावलाई संघर्षको मोर्चाका प्रयोग गर्दा जनताले सकारात्मक सद्भाव राखेको पाइयो : विप्लव
रोल्पाबाट विप्लवले गरे मतदान
पूर्वराजा ज्ञानेन्द्रसँग सहकार्य गर्न विप्लव तयार
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
प्रचण्डलाई विप्लवको जवाफ–चुनावी सहकार्य गर्न तयार नहुने पार्टी एकताको चर्चा गर्ने ?
‘विप्लव’ नेतृत्वको नेकपा माओवादीलाई एकता प्रक्रियामा आउन ‘प्रचण्ड’ आग्रह