एजेन्सी । न्युक्यासल युनाइटेडलाई हराउँदै लिभरपुलले प्रिमियर लिगको उपाधि होड थप बलियो बनाएको छ।
बुधबार राति एनफिल्डमा भएको खेलमा न्युक्यासललाई २–० गोल अन्तरले हराउँदै लिभरपुलले उपाधि होड थप बलियो बनाएको हो।
अंक तालिकाको शीर्ष स्थानमा रहेको लिभरपुलले १३ अंकको स्पष्ट अग्रता बनाएको छ। शीर्ष स्थानको लिभरपुलको ६७ अंक छ। दोस्रो स्थानको आर्सनलको ५४ अंक छ।
पहिलो हाफको ११औँ मिनेटमा डोमिनिक स्जोबोस्लाइको गोलमा लिभरपुलले सुरुवाती अग्रता बनाएको थियो।
पहिलो हाफमा १–० को अग्रता बनाएको लिभरपुलले दोस्रो हाफमा थप १ गोल गर्यो।
खेलको ६३औँ मिनेटमा मोहम्मद सलाहको पासमा एलेक्सिस म्याक एलिस्टरले गोल गर्दै लिभरपुलको अग्रता दोब्बर पारे।
गएराति भएको खेलमा दोस्रो स्थानको आर्सनलले नटिङ्घम फरेस्टसँग गोलरहित बराबरी खेल्दै अंक बाँडेको छ। ब्रेनफोर्ड र एभर्टनले भने १–१ को बराबरी गरे।
अर्को खेलका म्यानचेस्टर युनाइटेडले इप्सविच टाउनमाथि ३–२ को संघर्षपुर्ण जित निकालेको छ। म्यानचेस्टर सिटीले भने टोटनहमविरुद्ध १–० को साँघुरो जित दर्ता गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १५ फागुन २०८१, ०९ : ३०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
च्याम्पियन्स लिगमा लिभरपुलको रोमाञ्चक जित
च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो
इङ्लिस प्रिमियर लिगः एस्टन भिल्लामाथि लिभरपुलको शानदार जित
लिभरपुलको कीर्तिमान: २० औँ पटक प्रिमियर लिगको उपाधि
लिभरपुलसँग लिसेस्टर सिटी पराजित
मोहम्मद सलह नायक बनेको खेलमा लिभरपुलको जित