एजेन्सी । गाजा युद्धविराम सम्झौतामा हमासले इजरायलसमक्ष आफ्ना सर्तहरू राखेको छ।
हमासले इजरायलसँग गाजा युद्धविराम सम्झौताको अर्को चरणमा वार्ता गर्ने बताएको छ, जसमा सहमति अनुसार जेलमा रहेका प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने सर्त राखिएको छ।
इजरायलले आइतबार ६०० भन्दा बढी प्यालेस्टिनी कैदीहरूको रिहाइमा ढिलाइ गरिरहेको छ । ती कैदी छ जना जीवित र चार जना मृत बन्धकहरूको बदलामा रिहा गरिने भनिएको थियो।
इजरायलले हमासले गाजा युद्धविराम सम्झौताको बारम्बार उल्लंघन गरेको आरोप लगाएको छ।
हमासका एक वरिष्ठ अधिकारीले इजरायलले प्यालेस्टिनी कैदीहरूलाई रिहा नगर्ने जिद्दी गरेको कारणले सम्पूर्ण सम्झौता "गम्भीर खतरा" रहेको बताए ।
उनले मध्यस्थकर्ताहरू विशेष गरी संयुक्त राज्य अमेरिकालाई इजरायलमाथि दबाब दिन आह्वान गरेका छन्।
सम्झौताको पहिलो चरण र छ हप्ताको अस्थायी युद्धविराम शनिबार समाप्त हुने तय भएको छ । तर दोस्रो चरण र युद्ध अन्त्य गर्ने अप्रत्यक्ष वार्ता अझै सुरु भएको छैन।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
मंगलबार, १३ फागुन २०८१, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
इजरायली आक्रमणका कारण गाजामा हालसम्म ७० हजारभन्दा बढी मारिए : हमास
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा