काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद डा तोसिमा कार्कीले स्वास्थ्य मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रम धराशायी बनाएको आरोप लगाएकी छन् ।प्रतिनिधि सभाको सोमबारको बैठकमा बोल्दै उनले स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीले भुक्तानी गर्न सकिएन भन्नु दुःखद् भएको टिपप्णी गरेकी हुन्।
‘स्वास्थ्य बीमाको सीमालाई पाँच लाख पुर्याउँछु भन्ने महत्त्वाकांक्षी सपना बाँड्नुहुने स्वास्थ्यमन्त्रीज्यूबाट नै अब यो भुक्तानी गर्न सकिएन, बजेट पुगेन, स्वास्थ्य बीमा बन्द हुनलाग्यो भन्ने लाचार भएर दिनुभएको अभिव्यक्ति सुन्दा दुःख लाग्यो। चल्ने बेलामा चाहिँ स्वास्थ्य बीमा हामीले ल्यायौं भनेर जस लिन खोज्ने, अनि यसलाई अलपत्र पारेर वर्षौंसम्म जम्मा २६ देखि २८ प्रतिशत मात्र पहुँच राखेर आजसम्म यो कार्यक्रमलाई धराशायी बनाएपछि हतोत्साही हुने बानी राम्रो होइन। यदि सल्लाहकार छैनन्, उपयुक्त सल्लाह लिन सकिँदैन, यसमा अध्ययन, तथ्यांकगत अध्ययन पुग्दैन भने मार्ग प्रशस्त गरिदिनुहोला। हामी सल्लाह सुझाव दिन तयार छौं,’ उनले भनिन्।
उनले अनिवार्य स्वास्थ्य बीमा र सबैका लागि स्वास्थ्य बीमा कार्यक्रम सुरू गर्न आग्रह गरिन्। ‘सुरू मन्त्रीज्यूबाटै गरौं। मन्त्रीज्यूको सचिवालय, परिवारमा, मन्त्रालयका कर्मचारीहरूमा स्वास्थ्य बीमा अनिवार्य गरिदिनुहोला,’ उनले भनिन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १२ फागुन २०८१, १३ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्व ओली जस्तै घमण्डी बने पार्टीले अब्बल मान्छे गुमाउँछ : तोसिमा कार्की
पार्टी पुनर्गठनकाे मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध लागेकाे प्रचार गरियाे : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की