काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टीकी नेतृ तोसिमा कार्कीले समानुपातिक निर्वाचन प्रणालीको औचित्यमाथि प्रश्न उठाउँदै यसले भौगोलिक विकटता, पहुँच र पावरबाट वञ्चित तर सक्षम व्यक्तिलाई प्रतिनिधित्व गराउनुपर्ने बताएकी छन्।
फेसबुक स्टाटसमार्फत कार्कीले समानुपातिक सूचीले विपन्न, कर्णाली, सुदूरपश्चिम र गाउँको आवाज बोल्नुपर्ने उल्लेख गर्दै पार्टी नेतृत्वका आफन्त र ‘भाइटल पोसिसन’मा रहेका व्यक्तिहरू नै समानुपातिक सूचीमा अग्रपंक्तिमा देखिनु गलत प्रवृत्ति भएको टिप्पणी गरेकी छन्। यसले समानुपातिक प्रणालीको मूल मर्ममाथि नै प्रश्न खडा गरेको उनको भनाइ छ।
उनले पार्टीका सचिवालय सदस्य र पदाधिकारीहरू सधैं लाभको अवस्थामा रहने र पार्टीभित्र पदमा बस्ने तथा निर्वाचनमा पनि समानुपातिक सूची सुरक्षित गर्ने प्रवृत्ति पुराना दलभन्दा फरक नदेखिएको बताइन्। उदाहरणीय नेतृत्व देखाउन पार्टीका पदाधिकारी र सचिवालय सदस्यहरूले समानुपातिक सूचीबाट नाम हटाई प्रत्यक्ष चुनाव लड्नुपर्ने उनको आग्रह छ।
कार्कीले समानुपातिक सूचीमा आफन्तवाद र नातावादलाई पूर्ण रूपमा निषेध गर्नुपर्ने माग पनि गरेकी छन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ पुस २०८२, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेतृत्व ओली जस्तै घमण्डी बने पार्टीले अब्बल मान्छे गुमाउँछ : तोसिमा कार्की
पार्टी पुनर्गठनकाे मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध लागेकाे प्रचार गरियाे : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा