काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नेतृ डा. तोसिमा कार्कीले पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि व्यक्त गरेकी छन्। उनले पार्टीलाई ‘सबै अट्ने, सबै खट्ने’ बनाउने प्रयासलाई संस्थापन पक्षले रोक्न खोजेको आरोप लगाउँदै समयमै नसुध्रिए पार्टीले धेरै अब्बल व्यक्तिहरू गुमाउने चेतावनी दिएकी छन्।
सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै डा. कार्कीले पार्टीभित्र फरक विचार राख्नेहरूमाथि ‘मिडिया ट्रायल’ गर्ने र आत्मसम्मानमा प्रहार गर्ने प्रवृत्ति बढेको बताएकी छन्। उनले लेखेकी छन्, “‘सबै अट्ने सबै खट्ने’ पार्टी बनाउने मार्गचित्र पेस हुनै नदिन अनेक प्रयास गरियो, तर संगठनका साथीहरूको अत्याधिक दबाबका कारण संस्थापन पक्ष बाध्य बन्यो।” उनले यो अभियानमा साथ दिने पार्टीका कार्यकर्ताहरूलाई विशेष धन्यवाद दिएकी छन्।
डा. कार्कीले पार्टीका निर्णयहरू बहुमतको कदर र विधि-पद्धतिमा आधारित नभएको भन्दै नेतृत्वको कार्यशैलीको कडा आलोचना गरेकी छन्। उनले नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीतर्फ संकेत गर्दै भनेकी छन्, “घमण्ड र दबाबले पार्टी चलाउनुथ्यो त ओली नै थिए नि! आफू र आफ्नो पार्टी सुधार्न उदार हुन नसक्ने, रिफर्मको एजेन्डालाई प्रतिगमनकारी भन्नेले देश के बनाउलान् र खोई?”
उनले पार्टी नेतृत्व समयमै नसुध्रिएमा अझै धेरै सक्षम व्यक्तिहरूले पार्टी छाड्ने चेतावनी दिएकी छन्। “हेक्का रहोस्, बेलैमा नसुध्रिए र पार्टी रिफर्म हुन नसके अझ धेरै अब्बल व्यक्तिहरू पार्टीले गुमाउँदैछ,” उनले लेखेकी छन्।
फरक विचार राख्नेहरूमाथि बारम्बार आक्रमण हुने गरेको र उनीहरूको अस्तित्वलाई एक व्यक्तिको दयामा टिकेको जस्तो देखाएर आत्मसम्मानमा प्रहार गरिने हो भने साथीहरू एकपछि अर्को गर्दै बाहिरिने उनको भनाइ छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ३० कार्तिक २०८२, ०७ : ५९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी पुनर्गठनकाे मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध लागेकाे प्रचार गरियाे : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव
स्वास्थ्यमन्त्रीज्यू उपयुक्त सल्लाह लिन सकिँदैन भने मार्ग प्रशस्त गर्नुस्: तोसिमा कार्की
पाथीभरामा केवलकार निर्माण स्थगन गरियोस् : रास्वपा
स्यानिटरी प्याडमा दिइने भन्सार छुट स्वार्थ प्रेरित थियो कि भन्ने शंका छ : तोसिमा कार्की