काठमाडौं। नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको निवासमा कांग्रेस संस्थापन पक्षका नेताहरू भेला भएका छन् । संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी बनाउने भन्दै उनीहरू शनिबार दिउँसो सिटौला निवासमा चण्डोलमा भेला भएका हुन् ।
बैठकमा कांग्रेस केन्द्रीय सदस्य शिवप्रसाद हुमागाईं, केन्द्रीय सदस्य तथा प्रदेश मन्त्री कुन्दनराज काफ्ले, कोशी प्रदेश मन्त्री भूपेन्द्र राई, पूर्वमन्त्री भीमसेनदास प्रधान, बागमती प्रदेश महामन्त्री राजु श्रेष्ठ, गण्डकी प्रदेश सांसद जीत शेरचन, तारकेश्वर नगरपालिकाका मेयर कृष्णहरि महर्जनलगायत उपस्थित छन् ।
संस्थापन पक्षका राजनीतिक गतिविधिलाई प्रभावकारी ढंगले अघि बढाउने विषयमा भेलाले निष्कर्ष निकाल्ने नेताहरूले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १० फागुन २०८१, १६ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
निर्वाचन परिणाम अप्रत्याशितः कृष्णप्रसाद सिटौला
‘संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ’ : कृष्णप्रसाद सिटौला
स्थानीय तह पनि सरकार नै होः सांसद सिटौला
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला