काठमाडौं । नेता कृष्णप्रसाद सिटौलाले प्रतिनिधि सभा सदस्यको निर्वाचन परिणाम अप्रत्याशित भएको बताउनुभएको छ ।
बुधवार पर्टीबाट राष्ट्रिय सभामा नवनिर्वाचित सदस्य र बहालवाला सदस्यहरुबीचको परिचयात्मक कार्यक्रमपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले प्रतिनिधि सभा निर्वाचनको नतिजा अपेक्षाभन्दा फरक आएको बताउनुभएको हो । काँग्रेस, एमाले, नेकपा तथा मधेस केन्द्रित दलहरूका लागि यो परिणाम केही हदसम्म अप्रत्याशित देखिएको उहाँले बताउनु भयो । उहाँले निर्वाचन परिणामका यसबारे पार्टीभित्र थप छलफल हुन बाँकी रहेको उल्लेख गर्नुभयो । निर्वाचन परिणामले पुराना दलहरूको हैसियत झण्डै उस्तै देखिएको उहाँको भनाई छ । उहाँले हाल निर्वाचित भएर आएका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरूले देश र जनताको हितमा कस्तो काम गर्छन् भन्ने विषयले आगामी राजनीतिक दिशालाई प्रभाव पार्ने बताउनु भयो ।
उहाँले भन्नुभयो, ‘यो अप्रत्याशित लाग्यो मलाई, तथापि पार्टीभित्र छलफल गर्न बाँकी छ । पुराना दलहरुको हैसियत उस्तै उस्तै देखिन्छ, काँग्रेस, एमाले, नेपाली कम्युनिष्ट पार्टी, त्यस्तै मधेस केन्द्रित दलहरु सबै पुराना दलहरुको लागि यो अप्रत्याशित जस्तो नै देखिन्छ । तथापि अहिले निर्वाचित भएर आउने राष्ट्रिय स्वतन्त्र पार्टीका माननीयहरु हुनुहुन्छ, उहाँहरुले देशको हितमा, जनताको हितमा कति राम्रो कामहरु गर्नुहुन्छ । त्यसमा धेरै कुरा भर पर्छ नी अब ।’
उहाँले बदलिँदो राजनीतिक परिस्थिति र नयाँ शक्तिको उदयले आफुहरुको भुमिकामा पनि परिवर्तन आएको बताउनु भयो । उहाँले नयाँ परिवेशमा राष्ट्रिय सभाले निर्वाह गर्ने भुमिका अझ महत्वपूर्ण हुने उल्लेख गर्नुभयो
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २७ फागुन २०८२, १७ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘संसद् पुनर्स्थापनालाई प्रमुख मुद्दा बनाउनुपर्छ’ : कृष्णप्रसाद सिटौला
स्थानीय तह पनि सरकार नै होः सांसद सिटौला
जनप्रतिनिधिले जिम्मेवार र जवाफदेहितासहित नागरिक हक अधिकारका लागि काम गर्नुपर्छ : कृष्णप्रसाद सिटौला
सबै दलको सहमतिमा संविधान संशोधन गर्नुपर्छ: कृष्णप्रसाद सिटौला
संघीय व्यवस्थाअनुसार मानसिकता नबदलिएकाले समस्या छ: नेता सिटौला
आन्तरिक एकता नभए बाह्य शक्तिको हस्तक्षेप भइ देश नै कमजोर हुन्छ : कृष्ण सिटौला