काठमाडौ । नेपाल प्रहरीमा जागिर खुलेको छ।
नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।
सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको हो।
विशेष सूचनामा भनिएको छ- सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँसमेत विपक्षी रहेको रिट नम्बर ०७८-डब्ल्यूओ-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. २०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भएबमोजिम गर्ने गरी हाललाई प्रचलित कानुनबमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२ सहायक हबलदारसहित १८ प्रहरी सम्पर्कबिहीन
१८ प्रहरी कर्मचारी सम्पर्कविहिन, ७ दिनभित्र हाजिर नभए कारबाही
विशेष अपरेसन सञ्चालनको तयारीमा नेपाल प्रहरी
भागेका कैदीबन्दीले गाउँमा बदला लिन सक्छन्, सचेत रहनू : प्रहरी
नेपाल प्रहरीमा भर्ना खुल्यो (सूचनासहित)
प्रहरीलाई गृहमन्त्रीले भने - म अहिंसावादी हुँ, तपाईँहरू पनि त्यसैगरी पेश हुनुस्