काठमाडौ । नेपाल प्रहरीमा जागिर खुलेको छ।
नेपाल प्रहरीले विभिन्न पदमा ३९३ जनाका लागि दरखास्त आह्वान गरेको हो।
प्रहरी प्रधान कार्यालयको मानवस्रोत एवं भर्ना छनोट महाशाखाले जनपद प्रहरी समूहतर्फ प्रहरी निरीक्षक र प्रहरी सहायक निरीक्षक पदहरूमा खुला प्रतियोगिताद्वारा समावेशी प्रावधानबमोजिम पदपूर्ति गर्न लागिएको जानकारी दिएको हो।
सूचनाअनुसार प्रहरी निरीक्षकतर्फ ७७ जना र प्रहरी सहायक निरीक्षकतर्फ ३१६ जना आवश्यक परेको हो।
विशेष सूचनामा भनिएको छ- सम्मानित सर्वोच्च अदालतबाट नेपाल प्रहरी प्रधान कार्यालय, नक्साल काठमाडौँसमेत विपक्षी रहेको रिट नम्बर ०७८-डब्ल्यूओ-०६६२ समेतका उत्प्रेषणका निवेदनहरूमा मिति २०७९/१०/२४ मा जारी भएको परमादेशको आदेश बमोजिम समावेशी समूहका सम्बन्धमा आवश्यक कानुनी प्रबन्ध मिलाएपछि कायम हुन आउने कूल पदहरूमध्ये समावेशी समूहमा पर्ने पदको अनुपातको हिसाबबाट आ.व. २०७९/८० मा समावेश नगरिएबाट वास्तविक रूपमा गुम्न गएका पदहरू समेत समेटी हुन गएको क्षतिको समेत पूर्तिका सम्बन्धमा कानूनमा व्यवस्था भएबमोजिम गर्ने गरी हाललाई प्रचलित कानुनबमोजिम पदपूर्ति गर्ने गरी यो सूचना प्रकाशन गरिएको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ फागुन २०८१, ०९ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाल प्रहरीका ३६३ जवान सहायक हवल्दारमा बढुवाका लागि सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका ५०९ इनिस्पेक्टरको एकसाथ सरूवा
पोखराका क्यासिनोमा प्रहरीको आकस्मिक निरीक्षण
प्रहरीका १३ जना एसपीमा बढुवा गर्न सिफारिस (सूचीसहित)
नेपाल प्रहरीका १३ जना डिएसपीलाई एसपीमा बढुवा गर्न सिफारिस
कोशी प्रदेश प्रहरी तालिम केन्द्रद्वारा ठेक्का सम्झौता रद्द