एजेन्सी । भारतीय जनता पार्टीकी नेतृ रेखा गुप्ताले आज दिल्लीको मुख्यमन्त्रीमा शपथ लिने भएकी छिन् । ५० वर्षीया गुप्ताले रामलीला मैदानमा मुख्यमन्त्रीको शपथ लिने कार्यक्रम छ ।
दिल्ली विधानसभा चुनावमा भाजपा २७ वर्षको लामो अन्तरालपछि कुल ७० सिटमध्ये ४८ सिट जितेर सत्तामा फर्किएको थियो। दिल्ली विधानसभा चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा भएदेखि नै मुख्यमन्त्रीको लागि धेरै नामहरूको अनुमान गरिएको थियो। भारतीय जनता पार्टीको संसदीय बोर्डले दिल्ली राज्यमा पार्टी व्यवस्थापिका दलको नेताको लागि बुधबार भएको चुनावमा गुप्ता विजयी भएकी थिइन् ।
यससँगै उनी अब महिला मुख्यमन्त्रीको रुपमा दिल्लीको नेतृत्वमा रहने भएकी हुन् । यसैबिच आम आदमी पार्टीका नेता अरबिन्द केजीवालले दिल्लीको विकासका लागि नयाँ मुख्यमन्त्रीलाई पूर्ण समर्थन गर्ने बताएका छन्।
अरविन्द केजरीवालले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखेका छन्, ‘रेखा गुप्ता जीलाई धेरै धेरै बधाई छ। मलाई आशा छ कि उहाँले दिल्लीका जनतालाई गरेका सबै वाचाहरू पूरा गर्नुहुनेछ। हामी दिल्लीका जनताको विकास र कल्याणको लागि हरेक काममा उहाँलाई सहयोग गर्नेछौँ।’
प्रतिक्रिया दिनुहोस
एजेन्सी
विहीबार, ०८ फागुन २०८१, ०८ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिमका मुख्यमन्त्रीलाई ट्राफिक प्रहरीले तिरायो ५ सय जरिवाना
मधेशका मुख्यमन्त्रीसँग मन्त्री रावलले गरिन् छलफल
मधेसका मुख्यमन्त्रीले आज विश्वासको मत लिने कांग्रेस, एमाले र नेकपा सरकारमा, जसपाका मन्त्री बर्खास्तीमा
जनमतको झट्का खेपिरहेका मधेसका मुख्यमन्त्रीले जोगाउलान् सत्ता ?
मधेस प्रदेशका मुख्यमन्त्रीले आज विश्वासको मत लिँदै
तमिलनाडुका मुख्यमन्त्री विजय चन्द्रशेखरले लिए पद तथा गोपनीयताको शपथ