काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले भर्खर छापिएको पार्टी विधानप्रति असन्तुष्टि जनाएका छन् । सोही असन्तुष्टिका कारण खनालले मङ्गलवारको स्थायी कमिटी र बुधवारको पोलिटब्युरो बैठकमा मञ्चमा बस्न नै अस्वीकार गरेका छन् ।
गत असारमा सम्पन्न औँ महाधिवेशनले खनाललाई सर्वसम्मत सम्मानित नेताका रूपमा निर्वाचित गरेको थियो । त्यसबेला महाधिवेशन हलले खनाललाई सम्मानित नेतासहित अध्यक्षमा माधवकुमार नेपाल र महासचिव घनश्याम भुसाललाई पनि निर्वाचित गरेको थियो । तर छाएको पार्टी विधानमा भने सम्मानित नेता केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको भनेर लेखिएको भेटाएपछि खनालले असन्तुष्टि जनाएका हुन् ।
‘खासमा विधानप्रति खनालको असन्तुष्टि थियो’, एक पोलिटब्युरो सदस्यले भने, ‘महाधिवेशनले सम्मानित नेता निर्वाचित गरिसकेको अवस्थामा छापिएको विधानमा भने केन्द्रीय कमिटीले तोक्ने व्यवस्था गरिएको छ लेखिएको रहेछ ।
सोही असन्तुष्टिका कारण खनाल बुधवार जावलाखेलमा बसेको पोलिटब्युरो बैठकमा पनि मञ्चमा नगएपछि उपस्थित बहुमत सदस्यहरूले सम्मानित नेता महाधिवेशनबाटै निर्वाचित भएको भनेर हुटिङ गरेका थिए । त्यसपछि मात्र खनाल मञ्चमा बस्न पुगेका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ फागुन २०८१, १४ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
'एमालेले निकाले पनि भीम रावल देशभक्त नेता हो’ : झलनाथ खनाल
लिपुलेकमात्र होइन, सुगौली सन्धिअघिका सबै भू-भाग नेपालकै हुन्: झलनाथ खनाल
झलनाथ र खड्गबहादुर विश्वकर्माबिच छलफल
माधव नेपाललाई भ्रष्टाचार मुद्दाबाट कसरी जोगाउने भन्नेमा छु, तर गलत बुझियो : झलनाथ खनाल
दलहरू मुलुकको आर्थिक तथा सामाजिक सुधारका लागि गम्भीर हुनुपर्छ : नेता खनाल
'हरेकदिन २५ सय मानिस विदेशिन्छन्, यही हो बहुदलीय जनवाद ?' : झलनाथ खनाल