नेपाल भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक भित्र्याइने

सफल खबर संवाददाता

शुक्रबार, १६ कार्तिक २०७५, १८ : ०२
नेपाल भ्रमण वर्ष २०२० मा १५ लाख पर्यटक भित्र्याइने

काठमाडौं । सरकारले नेपाल भ्रमण वर्ष २०२० मा  १५ लाख पर्यटक भित्र्याउने लक्ष्य लिएको छ । सरकारले ‘नेपाल भ्रमण वर्ष २०२०’ को राष्ट्रिय कार्यक्रम संयोजकमा उद्योगी सुरज वैद्यलाई नियुक्त गरेको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका पूर्वअध्यक्ष रहेका वैद्य सार्क चेम्बर अफ कमर्सका समेत पूर्व अध्यक्ष हुन् । 

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रिस्तरीय निर्णय गरी आज उनलाई कार्यक्रम कार्यान्वयन उपसमितिको उपाध्यक्ष तथा राष्ट्रिय कार्यक्रम संयोजकमा नियुक्त गरेका हुन् । 

विगतको सरकारले बिनातयारी सन् २०१८ लाई भ्रमणवर्ष मनाउने भनेता पनि तयारी नपुग्ने भएपछि सरकारले सन् २०२० मा १५ लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ नेपाल भ्रमण वर्ष मनाउन लागेको हो ।

सन् २०१८ देखि अभियान सुरु गर्ने र सन् २०२० मा नेपाल भ्रमण वर्ष मनाउने तय भएको मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्ययले जानकारी दिए ।  सन् २०२० मा नेपालको कूल ग्रार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ५ प्रतिशत पु¥याउने लक्ष्य राखिएको छ । हाल उक्त योगदान २ प्रतिशत मात्रै रहेको छ । त्यस्तैगरी विदेशी मुद्रा आर्जनमा पर्यटन क्षेत्रको योगदान ८ प्रतिशत पु¥याउने लक्ष्य लिएको प्रवक्ता उपाध्ययले जानकारी दिए ।

सन् २०२० मा हाल १२ दिनको पर्यटको बसाई अवधीलाई लम्बाएर १५ दिने पु¥याउने र प्रति पर्यटक खर्च दैनिक ६५ डलर पु¥याउने लक्ष्य लिएको छ ।

प्रतिक्रिया दिनुहोस