काठमाडौँ । हात्तीपाइले रोग मानिसलाई शारीरिक रूपमा अशक्त तथा अपाङ्गता बनाउने एक सरुवा रोग हो । यो रोग सङ्क्रमित लामखुट्टेको टोकाइबाट मानिसमा सर्ने गर्दछ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार मानिसको शरीरमा यो परजीवी प्रवेश गरेको लामो समय पछि मात्र यस रोगका असरहरू जस्तै हात खुट्टा, स्तन र अण्डकोष सुन्निने जस्ता देखिने हुन्छ । यो रोगको लक्षण देखिसकेपछि निको पार्न नसकिने चिकित्सक बताउँछन् ।
साथै, यस रोगबाट सङ्क्रमित धेरैजसो बिरामीमा लक्षण देखिँदैन, तर सङ्क्रमित व्यक्तिबाट समुदायका अन्य मानिसहरूलाई समेत रोग सर्ने सम्भावना रहने स्वास्थ्य मन्त्रालयले जनाएको छ । त्यसकारण हात्तीपाइले रोगबाट बच्न र प्रारम्भिक अवस्थामा नै पूर्ण रूपमा निको हुनका लागि यस रोग विरुद्धको औषधी सेवन एक मात्र उपाय रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ फागुन २०८१, ११ : ३५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अस्पतालमा जथाभाबी भिडियो खिच्न र होहल्ला नगर्न स्वास्थ्य मन्त्रालयको अनुरोध
स्वास्थ्य मन्त्रालयका महाशाखा प्रमुखहरू हेरफेर
स्वास्थ्य मन्त्रालयद्वारा अस्पताल सेवा सुधार कार्यविधि जारी
आइतबार पनि अस्पतालमा ओपीडी सेवा सञ्चालन गर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
‘फोकल पर्सन’ तोक्न स्वास्थ्य मन्त्रालयको निर्देशन
स्वास्थ्य मन्त्रालयले गर्यो १४ जना चिकित्सकको काज फिर्ता