काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद तोसिमा कार्कीले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाइनुपर्ने माग गरेकी छन् ।आइतबार प्रतिनिधिसभामा आकस्मिक समय लिएर बोल्दै उनले स्यानिटरी प्याडको कच्चा पदार्थमा लिइँदै आएको भन्सार शुल्क घटाउँदा नेपालमा उत्पादन हुने स्यानिटरी प्याडले विदेशी प्रोडक्टसँग प्रतिस्पर्धा गर्न सकिने बताइन् ।
नेपालमा धेरै मुलुकबाट स्यानिटरी प्याड आयात हुने गरेको भन्दै उनले नेपालमा क्षमताको एक तिहाइ मात्रै प्याड उत्पादन हुने गरेको बताइन् ।नेपालमा वार्षिक ९० करोड थान स्यानिटरी प्याडको आवश्यक हुने भए पनि कच्चा पदार्थको आयातमा बढी कर लगाइँदा ३० करोड थान मात्रै उत्पादन हुने गरेको उनको भनाइ छ ।
सांसद कार्कीले आयातित प्याडमा दिइने भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न नपाएको बताइन् । उनले भनिन्, ‘आयातित प्याडमा दिइएको भन्सार छुट लक्षित उपभोक्ताले उपभोग गर्न पाएका छैनन् । बिचौलियाको खल्तीमा पुगेको छ र, यसको नियमन नहुनुले छुट नै स्वार्थ प्रेरित थियो भन्ने शंका उब्जिएको छ ।’
सातै वटा प्रदेशमा सरकारी विद्यालयमा वितरण भइरहेको निःशुल्क स्यानिटरी प्याडको उपलब्धता र सुनिश्चितताको लागि अनुगमन आवश्यक रहेको बताइन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १४ : २०
लेखकबाट थप
सम्बन्धित समाचारहरु
समानुपातिक सूचीले कर्णाली, सुदूरपश्चिम र गाउँ बोल्नुपर्छ: तोसिमा कार्की
नेतृत्व ओली जस्तै घमण्डी बने पार्टीले अब्बल मान्छे गुमाउँछ : तोसिमा कार्की
पार्टी पुनर्गठनकाे मुद्दा उठाउँदा रवि लामिछानेविरूद्ध लागेकाे प्रचार गरियाे : तोसिमा कार्की
बुलिङ र मिडिया ट्रायल नगरेर विशेष महाधिवेशन गर्न रास्वपा संस्थापनलाई तोसिमाको चुनौती
पार्टीप्रति प्रश्न उठ्न थालेको भन्दै तोसिमा कार्कीले राखिन् रिफर्मेसनको प्रस्ताव