काठमाडौं । नेकपा एमालेले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको आरोप लगाएको छ । आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।
‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना गर्ने काम गर्यो,’ बर्तौलाले भने । भूमिसम्बन्धी अध्यादेश पनि १२ लाख भन्दा बढी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र लितहरूलाई जग्गा वितरण गर्ने मनसायका साथ ल्याइएको उनले बताए । तर, यसबारे अनर्गल प्रचार गर्ने काम भएको उनको भनाइ छ ।
विपक्षीको प्रचारका कारणले केही छलफल गर्नुपर्ने अवस्था सिर्जन भएको र अध्यादेश अगाडि बढाउनका लागि केही पक्रिया लम्बिन पुगेको उनको भनाइ छ । तथापि, अध्यादेशहरू अगाडि बढ्ने उनको दाबी छ । ‘तर, अब यो तीन दिन पछिको बैठकमा यस(अध्यादेश)लाई हामी समावेश गरेर जान्छौं,’ उनले भने ।
जुन दिन अध्यादेश संसद्मा प्रस्तुत हुन्छ त्यो दिन सहज ढंगबाट स्वीकृत भएर अगाडि बढ्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जिल्ला प्रदेश तहमै अल्पमतमा पदैं ओली : बागमती, कोशीपछि लुम्बिनीका बहुमत नेताहरु पनि ओलीको विपक्षमा
चिकित्सा शिक्षा आयोगको बैठकमा पूर्वपदाधिकारीको सहभागितामाथि एमालेको आपत्ति
सुस्तामा एसएसबीको प्रवेश रोक्न सरकारसँग एमालेको माग
एमालेले नीति तथा कार्यक्रमको पक्षमा मतदान गर्न ह्वीप जारी
एमाले छाडेर अन्य दलमा प्रवेश गरेका ८ वडा अध्यक्षको पदमुक्त (सूचीसहित)
ओलीलाई गलाउन बादललाई ‘छेक्ने’ तयारीमा ओलीइतर समूह