काठमाडौं । नेकपा एमालेले अध्यादेशबारे विपक्षी दलहरूले अनावश्यक भ्रम सिर्जना गरेको आरोप लगाएको छ । आइतबार सत्तापक्षका प्रमुख सचेतकहरूको बैठकपछि एमालेका मुख्य सचेतक महेश बर्तौलाले यस्तो टिप्पणी गरेका हुन् ।
‘अध्यादेशबारे अपोजिसनले अनावश्यक भ्रम सिर्जना गर्ने काम गर्यो,’ बर्तौलाले भने । भूमिसम्बन्धी अध्यादेश पनि १२ लाख भन्दा बढी अव्यवस्थित बसोबासी, भूमिहीन सुकुम्बासी र लितहरूलाई जग्गा वितरण गर्ने मनसायका साथ ल्याइएको उनले बताए । तर, यसबारे अनर्गल प्रचार गर्ने काम भएको उनको भनाइ छ ।
विपक्षीको प्रचारका कारणले केही छलफल गर्नुपर्ने अवस्था सिर्जन भएको र अध्यादेश अगाडि बढाउनका लागि केही पक्रिया लम्बिन पुगेको उनको भनाइ छ । तथापि, अध्यादेशहरू अगाडि बढ्ने उनको दाबी छ । ‘तर, अब यो तीन दिन पछिको बैठकमा यस(अध्यादेश)लाई हामी समावेश गरेर जान्छौं,’ उनले भने ।
जुन दिन अध्यादेश संसद्मा प्रस्तुत हुन्छ त्यो दिन सहज ढंगबाट स्वीकृत भएर अगाडि बढ्ने उनले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
एमाले कोशी प्रदेशले पठायो समानुपातिक नाम
शान्तिपूर्ण वातावरणमा चुनाव भए एमालेले बहुमत ल्याउँछ: केपी ओली
जिल्ला अध्यक्षसँग एमाले महासचिव पोखरेलले गरे भर्चुअल बैठक
एमालेले आज एकैपटक देशभरका पार्टी कमिटीलाई ११औँ महाधिवेशनको सन्देश प्रवाह गर्दै
ओलीलक्षित प्रधानमन्त्रीको टिप्पणी- मान्छेलाई समातेर टुँडिखेलमा गोली हान्ने होइन, कानूनअनुसार हुन्छ
एमालेले केन्द्रीय कमिटीबाट बिदा भएकालाई समेटेर सल्लाहकार परिषद् गठन गर्ने