काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले देशमा केही न केही हुने निश्चित रहेको बताएका हुन् ।
भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू ! यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो ।’
महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे । उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनै पर्ने भन्दै उनीहरू घमण्ड र हीनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनै पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
घनश्यामको प्रतिवेदन- अपेक्षा गरेभन्दा धेरै कम मत पायौँ, कम्युनिस्ट पार्टी कमजोर अवस्थामा
निर्वाचन केन्द्रित पाँच बुँदे निर्देशनसहित भुसालद्वारा पार्टी संरचनामा आकस्मिक सर्कुलर
नेकपा (संयुक्त)को कार्यवाहक अध्यक्ष घनश्याम भुसाल
ओलीकै कारण फागुन २१ मा निर्वाचन नहुन सक्छ : घनश्याम भुसाल
एकताअघि नै घनश्याम भुसाल र झाँक्रीसहित ६ नेतालाई कारवाही
नेतृत्व छाड्ने सुनिश्चित गर्नुस्, एकता प्रक्रियामा आउँछौँ: घनश्याम भुसाल