काठमाडौँ । नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले नेपालको गणतन्त्र अब यसैगरी धेरै समय नचल्ने दाबी गरेका छन् । समाजवादी प्रेस संगठनको दोस्रो राष्ट्रिय भेलालाई सम्बोधन गर्दै महासचिव भुसालले देशमा केही न केही हुने निश्चित रहेको बताएका हुन् ।
भुसालले भने, ‘आगामी दिन सत्ता फासिस्ट हुँदै जानेछ । सडक अराजक हुँदै जानेछ । यी दुवै कुरा समाधान होइनन् । कमरेडहरू ! यतिकै यो गणतन्त्र चल्दैन, चल्दैन र चल्दैन । केही न केही हुनेवाला छ । आजको व्यवस्थापनले यो गणतन्त्र थाम्दैन, कि क्रान्तिकारी हस्तक्षेपले ठिक बाटो लिन्छ कि यो मुलुकका नागरिकले धेरै ठूलो क्षति व्यहोर्नुपर्ने छ । त्यसैले अब हामीले हस्तक्षेप गर्ने बेला आयो ।’
महासचिव भुसालले आजको संकटको समाधान वामपन्थीले दिने भए पनि एमाले र माओवादीबाट सम्भव नभएकाले नेकपा एसको भूमिका निर्णायक रहेको दाबी गरे । उनले नेकपा एसले लिएको बाटोमा माओवादी र एमाले आउनै पर्ने भन्दै उनीहरू घमण्ड र हीनताबोधले नेकपा एसमा नआए पनि अन्तिममा आउनै पर्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ फागुन २०८१, १३ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै बन्धन चुँडालेर वाम एकता गर्न घनश्याम भुसालको अपिल
मेरो पुस्ताका नालायकीप्रति म लज्जित छु: घनश्याम भुसाल
नेपालको राजनीति रवि लामिछानेभन्दा पनि मनपरी बोल्नेहरूको हातमा जाँदै छ: घनश्याम भुसाल
घुस नखानेहरूको क्रान्तिकारी पार्टी आवश्यक छ: घनश्याम भुसाल
घनश्याम भुसालका टिप्पणी-‘च्यासलतिर मरणोपरान्त अध्यक्ष भइराख्नुस् भनेर आरती उतारिँदै छ
कार्यकारी पदमा बसेका नेताहरूले ठाउँ छाड्नुपर्छ: घनश्याम भुसाल