काठमाडौँ । नेपाली काँग्रेसले स्ववियु निर्वाचनबारे विद्यार्थी नेताहरूसँग छलफल थालेको छ। स्ववियुको निर्वाचन चैत ५ हुँदैछ। काँग्रेसको सहमहामन्त्री किशोरसिंह राठोरको संयोजकत्वमा गठित समन्वय र सहजीकरण निर्देशक समितिले काठमाडौं उपत्यकाका विद्यार्थी नेताहरूसँग छलफल गरेको हो।
राठोरको नेतृत्वमा गठित समितिमा प्रतिमा गौतम र राजीव ढुंगाना सदस्य छन्। उनीहरूले उपत्यकाका क्याम्पसमा काँग्रेसबाट निर्वाचित सभापति र सचिवलगायतलाई बोलाएर तयारीबारे छलफल थालेको हो।
छलफलपछि निर्वाचनको वातावरण बनाउँदै क्याम्पसहरूमा नेविसंघको अवस्थाबारे छलफल अध्ययन गरेर समितिलाई भन्न निर्देशन दिएको समितिकी सदस्य गौतमले बताइन्।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ फागुन २०८१, १३ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राजेन्द्र लिङदेन र अमरेशकुमार सिंहले लगाएको आरोप पुष्टि गर्न काँग्रेसको चुनौती
प्रवक्ता महतद्वारा कस्मिरमा हिन्दुमाथि भएको हमलाको निन्दा
यसरी पक्राउ परिन् कांग्रेस सांसद माया राई
कांग्रेस नेता तीर्थराम डङ्गोलको निधन
नेपालले वैदेशिक अनुदान धेरै आशा गर्ने ठाउँ छैन: काँग्रेस
निजामती ऐन बनाउन धेरै समय लागेको भन्दै सांसद थानीले गराए संसदीय समितिको ध्यानाकर्षण