रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार देवीसहित रामविनोद प्रसाद यादव, गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेत रहेका छन् । उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्त हुन् ।
माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० माघ २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
१० लाख बढी हुन्डीको रकमसहित ३ जना पक्राउ
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ