रौतहट । जिल्ला प्रहरी कार्यालय रौतहटले विभिन्न ९ जना फरार प्रतिवादीलाई पक्राउ गरेको छ । ५ रुपैयाँ जरिवाना भएका सुनैना देवीसहितका प्रतिवादीलाई पक्राउ गरेर रौतहट जिल्ला अदालतमा पेस गरिएको प्रहरी नायव उपरीक्षक दीपक कुमार रायले जानकारी दिए ।
उनका अनुसार देवीसहित रामविनोद प्रसाद यादव, गगाजली देवी, जानकी देवी दुसादिन, निलम देवी, अमरिता देवी, प्रदीप कुमार जयसवाल, प्रमोदी राय र राम अयोध्या राय यादव समेत रहेका छन् । उनीहरू जलसाजी, सम्बन्धबिच्छेद, कुटपिट, गाली बेइज्जतीजस्ता मुद्दाका फरार अभियुक्त हुन् ।
माघ २९ गते अदालतको फैसला कार्यान्वयन अन्तरगत फरार उनीहरूलाई खोजेर पक्राउ गरी आवश्यक कारबाहीका लागि अदालतमा पेस गरिएको रायको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
रासस
बुधबार, ३० माघ २०८१, १३ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ
नक्कली परीक्षार्थी बनेर परीक्षा दिन आएका एक युवक पक्राउ
४० हजार घुससहित सशस्त्र प्रहरी निरीक्षक पक्राउ
लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ
व्यावसायी दीपक भट्ट काठमाडौंबाट पक्राउ