कंचनपुर । कैलालीमा सोमबार राति चितुवाको छालासहित एक जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय, कैलालीका अनुसार पक्राउ पर्नेमा डोटीको बोगटान गाउँपालिका-३, मेल्टाका २६ वर्षीय नरेश साउद छन्।
उनलाई कैलालीको धनगढी उपमहानगरपालिका-४ बसपार्कस्थित मिलनसार होटेलको कोठाबाट पक्राउ गरिएको हो।
प्रहरीका अनुसार उनको साथबाट एक थान चितुवाको छाला बरामद गरिएको छ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोली चितुवाको छालासहित साउदलाई पक्राउ गरेको हो।
उनलाई हिरासतमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २९ माघ २०८१, ०८ : ००
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पर्यटकलाई दुःख दिने १२ जना पक्राउ
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ