कोलम्बो । श्रीलङ्काभर बिजुली बत्ती काटिएको छ । आइतबार बिहान ११ बजेदेखि लगातार देशभरमा बिजुली बत्ती काटिन थाल्यो । यसको पछाडि बाँदरको हात रहेको बताइएको छ । कोलम्बोको एउटा ऊर्जा केन्द्रमा बाँदर घुसेको थियो ।
त्यसपछि यस्तो भएको बताइएको छ । बिजुली ल्याउने काम क्रमशः भइरहेको र सुरुमा स्वास्थ्य केन्द्र र जल प्रशोधन केन्द्रलाई प्राथमिकता दिइएको बताइएको छ । एउटा बाँदर ग्रिड ट्रान्सफर्मर छिरेर प्रणालीमा गडबडी गराइदिएको ऊर्जा मन्त्री कुमारा जयकोडीले पत्रकारहरूलाई बताए । स्थानीय समयअनुसार आइतबार बिहान ११ बजे बिजुली बत्ती जान थालेको थियो । सबैतिर बिजुली आइसक्न केही घण्टा लाग्ने बताइएको छ । सामाजिक सञ्जालमा मानिसहरूले अधिकारीहरूलाई गाली गर्दै यो घटनाको खिल्ली उडाइरहेका छन् ।
इन्जिनियरहरूले अघिल्ला सरकारहरूलाई वर्षौदेखि पावर ग्रिडको स्तरोन्नति गर्न चेतावनी दिइरहेका सोमबार सार्वजनिक एक समाचारमा भनिएको छ । २०२२ मा आर्थिक सङ्कटको समयमा श्रीलङ्कामा चरम लोडसेडिङ देखिएको थियो ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
सोमबार, २८ माघ २०८१, ११ : ५६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
श्रीलङ्कामा बस दुर्घटना : २१ तीर्थयात्रीको मृत्यु, १४ गम्भीर घाइते
जापान र श्रीलङ्काका राजदूतद्वारा राष्ट्रपतिसँग बिदाइ भेट
श्रीलङ्काको नयाँ नेतृत्व मुद्राकोषको कर्जा सहयोग कार्यक्रम अघि बढाउन सहमत
श्रीलङ्कामा मतदानपछि सुरक्षा बढाइयो, देशभर कर्फ्यु