काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
कांग्रेसको विधान अनुसार ‘राष्ट्रिय रूपमा कुनै प्रतिकूल परिस्थिति नभएमा’ १० महिनापछि अर्थात् २०८२ मङ्सिरमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तथापि कांग्रेसको विधानले चार वर्षपछि एक वर्ष कार्यावधि थप्ने व्यवस्था गरेको छ ।
कांग्रेस नेतृत्व पनि चार वर्ष पूरा भएपछि थपिने एकबर्से अवधिभित्र १५ औँ महाधिवेशन गराउने गरी तयारीमा जुटेको छ । चैत मसान्तभित्रै क्रियाशील सदस्यता टुङ्गो लगाउने र तल्लो तहबाटै अधिवेशन आरम्भ गर्ने कांग्रेसको तयारी छ ।
१५ औँ महाधिवेशन कहिले हुन्छ भन्ने सन्दर्भमा बहस चलिरहेका बेला कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षका नेताले महाधिवेशन २०८२ मङ्सिरमै नभए पनि २०८३ मङ्सिरसम्ममा सम्पन्न हुने बताएका छन् ।
नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले १५ औँ महाधिवेशन २०८२ मङ्सिरमै नहुने प्रस्ट पारे । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कांग्रेसले संसद् पुनर्स्थापनालाई लिएर निवेदन दियो सर्वाेच्चमा, महामन्त्री भन्छन्– पार्टीको धारणा होइन
कांग्रेसका कृष्णप्रसाद यादवलाई मुख्यमन्त्री बनाउन सात दलीय गठबन्धन सहमत
राष्ट्रिय सभा र प्रदेश सांसदलाई उम्मेदवार नबनाउने काँग्रेसको निर्णय
कांग्रेसको पार्टी कमिटिलाई अर्काे परिपत्र : स्थानीय तह, प्रदेशसभा र राष्ट्रिय सभामा बहाल जनप्रतिनिधि उम्मेदवार बन्न नपाउने
सामाजिक न्यायको पक्षमा निरन्तर उभिने काँग्रेसको प्रतिबद्धता
कांग्रेसले यस्तो बनायो क्रियाशील सदस्यता वितरण र नवीकरणको मापदण्ड