काठमाडौ । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट निर्वाचित कार्यसमिति चौथो वर्षमा कार्यकाल समाल्दै गर्दा १५ औँ महाधिवेशनको बहस चुलिएको छ ।
कांग्रेसको विधान अनुसार ‘राष्ट्रिय रूपमा कुनै प्रतिकूल परिस्थिति नभएमा’ १० महिनापछि अर्थात् २०८२ मङ्सिरमा १५औँ महाधिवेशन सम्पन्न गर्नुपर्ने हुन्छ । तथापि कांग्रेसको विधानले चार वर्षपछि एक वर्ष कार्यावधि थप्ने व्यवस्था गरेको छ ।
कांग्रेस नेतृत्व पनि चार वर्ष पूरा भएपछि थपिने एकबर्से अवधिभित्र १५ औँ महाधिवेशन गराउने गरी तयारीमा जुटेको छ । चैत मसान्तभित्रै क्रियाशील सदस्यता टुङ्गो लगाउने र तल्लो तहबाटै अधिवेशन आरम्भ गर्ने कांग्रेसको तयारी छ ।
१५ औँ महाधिवेशन कहिले हुन्छ भन्ने सन्दर्भमा बहस चलिरहेका बेला कांग्रेसका संस्थापन र संस्थापनइतर पक्षका नेताले महाधिवेशन २०८२ मङ्सिरमै नभए पनि २०८३ मङ्सिरसम्ममा सम्पन्न हुने बताएका छन् ।
नेपाली कांग्रेस सहमहामन्त्री जीवन परियार र केन्द्रीय सदस्य एवं सूचना सञ्चार तथा प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले १५ औँ महाधिवेशन २०८२ मङ्सिरमै नहुने प्रस्ट पारे । गोरखापत्रमा खबर छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २७ माघ २०८१, ०७ : ३८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पार्टी मिलाउन देउवा पक्षका ४ शर्त : जेठ मसान्तसम्मको अल्टिमेटम, नभए राष्ट्रिय भेला गरी नयाँ पार्टी बनाउने तयारी
कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक गर्ने आज अन्तिम दिन
प्रधानमन्त्रीले बोलेको कुरामा संसद अल्मलिएर बस्नु हुँदैन: कांग्रेस
काँग्रेसमा क्रियाशील सदस्यता अद्यावधिकका लागि आज अन्तिम समय सीमा
पूर्वमन्त्री दीपक खड्कासहित ३ नेतालाई काँग्रेसले सोध्यो स्पष्टीकरण
अहिलेसम्म कतिले गरे कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिक ?