बुटवल। दाङमा भरुवा बन्दुकको गोली लागेर एक बालकको मृत्यु भएको छ ।तुलसीपुर उपमहानगरपालिका– ३ ठुलासम्वामा भरुवा बन्दुकको गोली लागेर ८ वर्षका बालक भुवन केसीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
भरुवा बन्दुक चलाएर भाइको हत्या गरेको आरोपमा मृतक भुवनका दाजु १० वर्षीय शिशिर केसी र बन्दुक लोड गरी राख्ने ६२ वर्षीय मृतकका बाजे भूपेन्द्र खत्रीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी निरीक्षक कविराज रोकायले जानकारी दिए ।
प्रहरी निरीक्षक रोकायका अनुसार घरमा लोड गरी राखेको भरुवा बन्दुक शिशिरले खेलाउने क्रममा शनिबार पड्किँदा भुवनलाई गोली लागेको थियो । प्रहरीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, ४ वटा गोली, ३२८ थान छर्रासमेत बरामद गरेको छ ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर शाहले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १५ : ०२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चोरी गरी सुनका गहनाको स्वरूप परिवर्तन गर्ने पाँच जना पक्राउ
३ केजी ४३५ ग्राम लागू औषधसहित थाई नागरिक पक्राउ
डोल्पामा जडीबुटीसहित चार जना पक्राउ
भरूवा बन्दुक सहित एक जना पक्राउ
लागुऔषध सहित सात जना पक्राउ
राप्ती नदीमा अनुमतिविना माछा मार्ने पक्राउ