काठमाडौं । गृहमन्त्री रमेश लेखकले नीतिगत र कानुन सुधार गृह मन्त्रालयकाे पहिलाे काम भएको बताएका छन् । नेपाल पुलिस क्लब परिसरमा नव निर्मित नेपाल पुलिस क्लब ‘द ब्लु पेभिलियन’ को उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले गृहमन्त्रालयले नीतिगत र कानुनी सुधारलाई प्राथमिकतामा राखेर काम गर्को बताएका हुन् ।
सोही अनुसार गृह मन्त्रालयले नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालकाे ऐन संशोधनका लागि विधेयक संसद्मा दर्ता गरिएको गृहमन्त्री लेखकको भनाइ छ । केही दिनमा उक्त विधेयकमाथि छलफल हुने उनको विश्वास छ । ‘नागरिकतासम्बन्धी विधेयक पनि संसदमा दर्ता भएको छ । अब चाँडै अध्यागमनसम्बन्धी ऐन संशोधनका लागि संसदमा लैजाने तयारी छ । यस्तै निर्वाचन सम्बन्धि ऐन पनि अगाडि बढाएका छाैँ । जग्गा प्राप्तिसम्बन्धी कानुन संशोधनकाे काम अगाडि बढेकाे छ’, उनले भने, ‘यस्तै संघसंस्थासम्बन्धी नयाँ कानुन बनाउने काम अगाडि बढेकाे छ । तीन वटा कानुन संशोधनका लागि संसद पुगेका छन् । बाँकी विधेयक पनि यसै संसद अधिवेशनमा पुर्याउँछाैं । चाँडै पास गर्छाैं ।’
नेपाल प्रहरी ऐन सम्बन्धि विधेयकमा सेवा प्रवेश र सेवानिवृत्तकाे कुरा सुनिश्चित गरेकाे गृहमन्त्री लेखकको भनाइ छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ माघ २०८१, १३ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गृहमन्त्री सुधन गुरुङले गरे रास्वपा महाधिवेशनस्थलको निरीक्षण
दरबार हत्याकाण्डको पुनः छानबिन गर्ने कसरी ?
गृहमन्त्री गुरुङले दिए राजीनामा
गृहमन्त्री गुरुङको आर्थिक कारोबारका श्रृंखलाबद्ध खुलासा
विशेष छलफलमा गृहमन्त्री गुरुङ
गृहमन्त्रीबारे रास्वपा केन्द्रीय समिति बैठकमा छलफल नै भएन