एजेन्सी । इजरायलसँगको युद्धविराम सम्झौता अन्तर्गत हमासले शनिबार थप तीन बन्धकहरूलाई रिहा गर्न लागेको छ। बदलामा, इजरायलले पनि प्यालेस्टिनी कैदीहरूलाई रिहा गर्ने बीबीसीले जनाएको छ ।
हमासले तीनै जनाको नाम सार्वजनिक गरेको छ र तीनै जना पुरुष हुन्। उनीहरूको नाम ओहद बेन अमी, एली शाराबी र ओर लेवी भएको समाचारमा उल्लेख छ ।
जनवरी १९ मा युद्धविराम सुरु भएदेखि हमासले १८ जना बन्धकहरूलाई रिहा गरिसकेको छ। बदलामा, इजरायलले पनि हालसम्म ३८३ कैदीहरूलाई रिहा गरिसकेको छ।
हमासले इजरायलले शनिबार अन्य १८३ कैदीहरूलाई रिहा गर्ने बताएको छ। युद्धविराम सम्झौताको पहिलो चरण अन्तर्गत, ३३ बन्धक र १९०० कैदीहरूलाई रिहा गरिने छ। इजरायलले ३३ बन्धकमध्ये आठ जनाको मृत्यु भएको बताएको छ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ माघ २०८१, ०७ : ४९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
हमासले रिहा गर्यो २० जना बन्धक
यी हुन् हमासले आज रिहा गर्ने भनिएका बन्धकहरू
गाजा सहरमा हमास र सशस्त्र समूहबिच आन्तरिक झडप, २७ जनाको मृत्यु
इजरायल-हमास सम्झौतापछि गाजामा हर्षोल्लास
इजरायल-हमास सहमति : यी हुन् शान्ति सम्झौताका मुख्य बुँदा
इजरायल र हमासबीच पहिलो चरणको शान्ति योजना हस्ताक्षर, ट्रम्पले भने- यो महान् दिन हो