काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पुरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गरेका छन् । साथै उनले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताए।
सामाजिक सञ्जाल फेसबुकमा ‘बन्दै छ नेपाल’ शीर्षकमा सडक निर्माण भइरहेको भिडियो राखेर उनले विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा आज सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग ‘एक्सन रुम’बाट छलफल गर्न लागेको उल्लेख गरेका छन्। प्रधानमन्त्री ओलीले निर्माण व्यवसायीलाई रु ३० अर्ब भुक्तानी गरिएको जानकारी पनि दिए ।
'शुभ बिहानी ! हाम्रा विकास निर्माण र आयोजनाहरूको प्रगतिका बारेमा सातवटै प्रदेशका मुख्यमन्त्रीहरूसँग एक्सन रुमबाट आज छलफल हुँदै छ । हाम्रो प्राथमिकता छ – थालेको काम सक्ने । विकास परियोजना सम्पन्न गरेका ठेकेदारलाई भुक्तानी समेत नदिएको विगतको अवस्थाबाट अगाडि बढेर ३० अर्ब बक्यौता भुक्तानी गरेका छौँ, ' प्रधानमन्त्रीले लेखेका छन्, 'पूर्वाधार निर्माण सम्बन्धी रोकिएका धेरै काम द्रुत गतिमा अगाडि बढेका छन् ।'
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०९ : ५८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको प्रेस संयोजकमा रामबहादुर रावल नियुक्त
प्रधानमन्त्रीको नाममा चन्दा उठाउनेलाई कारबाहीको दायरामा ल्याइने
संविधान अनुसार ३५ वर्ष उमेर सिमा तर जेनजीलाई राष्ट्रिय सभामा लैजान प्रधानमन्त्रीको हारगुहार
प्रधानमन्त्री र राष्ट्रिय सभा अध्यक्षबीच रिक्त हुने सदस्यको चुनावबारे छलफल
नेपालमा भएको परिवर्तनबारे सम्बन्धित देशमा जानकारी गराउन राजदूतहरूलाई प्रधानमन्त्रीको निर्देशन
प्रधानमन्त्री कार्कीले दशैँको टीका नलगाउने