एजेन्सी । भारतले इंग्ल्याण्डविरुद्धको पहिलो एक दिवसीय खेलमा सफलता पाएको छ। बिहीबार भएको दिवा-रात्रि खेलमा भारतले ४ विकेटको जित हात पारेको हो। २४९ रनको लक्ष्य पाएको भारतले ६८ बल बाँकी रहँदा ६ विकेटको क्षतिमा २५१ रन जोडेको हो।
भारतका लागि म्यान अफ द म्याच समेत घोषित शुभमन गिलले ८७ रन जोडे। ९६ बलको सामना गरेका उनले १४ चौका प्रहार गरे।
१९ रनमा दोस्रो विकेट गुमाएको अवस्थामा गिलले श्रेयास एयरसँग तेस्रो विकेटका लागि ९४ रनको साझेदारी गरेर भारतको इनिङ उकासेका थिए। ३६ बलको सामना गरेका ऐयारले ५९ रनको योगदान गरे। उनले ९ चौका र २ छक्का प्रहार गरे। अक्षर पटेलले ४७ बलमा ५२ रन जोडे। उनले ६ चौका र १ छक्का प्रहार गरे।
इंग्ल्याण्डका सकिव मोहमद र अदिल रसिदले दुईदुई विकेट लिए। नागपुरको भएको दिवारात्री खेलमा टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्याण्डले ४७.४ ओभरमा सम्पूर्ण विकेट गुमाउँदै २४८ रन जोडेको हो ।
इंग्ल्याण्डविरुद्धको सुरुवात भने सानदार थियो। ८.४ ओभरमा विना कुनै विकेटको क्षति ७५ रन जोडेका टोलीका फिल साल्ट तेस्रो रन लिने प्रयासमा रन आउट भएपछि इंग्ल्याण्डविरुद्धको पतन सुरु भएको हो। साल्टले २६ बलमा ४३ रन जोडे। उनले ५ चौका र ३ छक्का प्रहार गरे।
पहिलो एक दिवसीय खेली रहेका हर्षित रानाले त्यसै ओभरमा बेन डकेटलाई ३२ तथा हेरी ब्रुकलाई शून्य रनमा आउट गरे। कप्तान जोस बटलर ५२ तथा ज्याकोब बेथलले ५१ रन जोडे। जोफ्रा आर्चरले १८ बलमा २१ रन जोडे।
भारतका रानाले ७ ओभरमा ५३ रन खर्चेर ३ विकेट लिए। रवीन्द्र जडेजाले ९ ओभरमा २६ रन खर्चेर ३ विकेट लिए।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शुक्रबार, २५ माघ २०८१, ०८ : १८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकप सुपर-८: सेमिफाइनल प्रवेशका लागि आज भारत र वेस्ट इन्डिज बिच भिडन्त
टी-२० विश्वकप : भारतसँग जिम्बावे ७२ रनले पराजित
नेपाल र भारतबीच जैविक विविधता संरक्षणसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर
आइसीसी टी-२० विश्वकप : भारतसँग नेदरल्याण्ड्स १७ रनले पराजित
आईसीसी टी–२० विश्वकप : भारतसँग पाकिस्तान ६१ रनले पराजित
टी-२० विश्वकप: भारत र पाकिस्तानबीच आज महाभिडन्त, वर्षाको खतरा