काठमाडौँ । हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको छ। तराईका केही भूभागहरूमा हुस्सु तथा कुहिरो लागेको अवस्था छ ।
आज दिउसो कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली रहने सम्भावना रहेको छ । अन्यत्रको मौसम सामान्यतया सफा रहनेछ । राति पनि यही सिलसिलाले निरन्तरता पाउने महाशाखाले जनाएको छ ।
काठमाडौँमा बिहान ५:४५ बजेको न्यूनतम तापक्रम ५.६ डिग्री सेल्सियस रहेको छ । दिउँसो बढेर २३ देखि २५ डिग्री सेल्सियससम्म पुग्ने पूर्वानुमान छ ।
बिहानीपख तराईका भूभागहरूमा हुस्सु तथा कुहिरो लाग्ने भएकोले यसको प्रभावले दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुन सक्ने असरबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ माघ २०८१, ०७ : २७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कस्तो रहला आज देशभरको मौसम ?
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना