काठमाडौँ । फिल्म ‘मिराई’ छायांकन सकेर बलिउड अभिनेता जगपति बाबु भारत फर्किएका छन् । दक्षिण भारतीय फिल्म ‘मिराई’को छायांकनका लागि सोमबार नेपाल आएका उनी छायांकन सकेर मंगलबार भारत फर्किएका हुन् । यसै फिल्मका लागि अभिनेत्री श्रीया शरण केही दिन अगाडि काठमाडौँ आएकी थिइन् ।
फिल्मको अहिलेको छायांकन दोस्रो चरणको हो । फिल्मको केही अघि पहिलो चरणको छायांकन पनि नेपालमै भएको थियो ।
फिल्म १६ दिनसम्म नेपालका विभिन्न ठाउँमा छायांकन हुनेछ । फिल्म काठमाडौँ, भक्तपुर, कीर्तिपुर, दोलखा, पोखरा र मुस्ताङमा खिचिने बताइन्छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, २२ माघ २०८१, १६ : ५६
लेखकबाट थप